+

नवरात्रमा पनि सुनसान पाथीभरा

ताप्लेजुङ ।  हरेक वर्ष नवरात्रमा सधै भक्तजनको घुइँचो हुने पाथीभरा देवीस्थान यो वर्ष भने सुनसान छ ।  हालैको बाढी र पहिराले मेची राजमार्ग र अन्य सडक अवरुद्ध हुँदा दर्शनार्थी घटेका हुन् ।

बडादसैँको पहिलो दिन घटस्थापनामा ६३ जना दर्शनार्थी पाथीभरामा पुगेका छन् । गत वर्ष त्यही दिन एक हजार एक सय ४८ जना दर्शनार्थीले पूजार्चना गरेका थिए । बाढीले मेची राजमार्गअन्तर्गत हेवाखोलाको बेलीब्रीज बगाएपछि यातायात अवरोध भएको छ ।  तमोर करिडोरमा पहिरो खसेपछि  यातायातका साधन चलेका छैनन् ।

देशका प्रमुख शक्तिपीठमध्येको एक पाथीभरामा बडादशैँ र चैतेदशैँमा धेरै भक्तजन आउने गरेका छन् । विगतमा भारतका साथै मुलुकका विभिन्न स्थानबाट वार्षिक तीन लाख भक्तजन आउने गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै