
काठमाडौँ । प्रधानमन्त्री प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित राष्ट्रपति कहाँ पुग्नुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल मुलुकका जल्दाबल्दा समस्याबारे छलफल गर्न शुक्रबार ओली देउवासहित राष्ट्रपति कार्यालय शीतल निवास जानुभएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री दाहाल, प्रमुख प्रतिपक्ष दलका नेता ओली र कांग्रेस सभापति देउवालाई मुलुकका जल्दाबल्दा समस्या समाधान गरेर लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउने काममा मिलेर अघि बढ्न ध्यानाकर्षण गराउनुभएको छ ।
राष्ट्रपतिले उहाँहरुलाई मुलुकका जल्दाबल्दा समस्या, संघीयता कार्यान्वयन, सुशासन र विश्वविद्यालयमा सुधार लगायतका विषयमा ध्यानाकर्षण गराउनुभएको प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभएको छ ।
प्रेस सल्लाहकार पोखरेलका अनुसार राष्ट्रपतिले संघीयता कार्यान्वयन गर्न, प्रदेशलाई अधिकारी दिने गरी प्रमुख दल मिलेर तत्काल कानुन बनाउन र निमुखाले न्याय पाउने गरी सुशासन कायम गर्न शीर्ष नेताहरुको ध्यानाकर्षण गराउनुभएको छ ।
राष्ट्रपतिले त्रिभुवन विश्वविद्यालयमा उपकुलपति खाली रहेको बेला ‘मेरो तेरो नभनी’ क्षमतावान प्राज्ञ ल्याएर विश्वविद्यालय सुधारको अभियान शुरु गर्न समेत सुझाउनु भएको प्रेस सल्लाहकार पोखरेलले जानकारी दिनुभएको छ । प्रेस सल्लाहकार पोखरेलका अनुसार राष्ट्रपतिको ध्यानाकर्षणलाई शीर्ष नेताहरूले सकारात्मक रुपमा लिनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा