
कोहलपुर । कोहलपुर नगरपालिका वडा नम्बर ११ मा अवस्थित कृषि हाट बजारमा अमृता नेपाली हातमा फलामको चिम्टा, धुवाँसँग खेल्दै ७ वर्षदेखि मकै पोल्दै दैनिकी चलाइरहेकी छन् । सधैँ दिउँसोदेखि साँझ अबेरसम्म मकै पोलेर बेच्नु उनको दैनिकी बनेको छ । मकै पोलेर नै उनीले परिवार सम्हाल्दै आएकी छन् । पहिला आफूले केही नगर्दा श्रीमानको भरमा बाँच्न पथ्र्यो भने अहिले उनी आफैमा निर्भर भएर परिवारको जिम्मेवारी सम्हाल्दै आएकी छन् ।
उनी मात्रै होइन अरु महिला पनि पोलेको मकै बेच्नका लागि कोहलपुर नगरपालिकाभित्रका विभिन्न स्थानबाट हरियो मकै खरिद गर्छन् । मकै पोलेर नै दैनिक २ हजार देखि २५ सय रुपैयाँ भन्दा बढी कमाइ हुने उनीहरुको भनाई छ । खाली समयको सदुपयोग गर्दै शुरु गरेको व्यापारबाट आम्दानी राम्रो हुन थालेपछि अमृता खुशी छन् । मकै पोलेर नै उनी आफू र आफ्नो परिवारको खर्च पुर्याउँदै आएकी छन् । सिजनको बेलामा राम्रो आम्दानी हुन्छ । यो अफ सिजनको बेला ग्राहकलाई पु¥र्याउन नै मुस्किल पर्छ उनी भन्छिन् –‘ दैनिक १ हजार देखि लिएर २ हजार सम्म आम्दानी हुन्छ । यहाँबाट आम्दानी भएको पैसाले सबै व्यवहार चलाउदै आएको छु ।’ पहिले जस्तो अरुको भर पर्न पर्दैन । उनी भन्छिन्,– पहिले सानो काम पर्दा पनि अरुको मुख हेरेर बस्न पर्ने बाध्यता थियो तर अहिले आफूमा निर्भर भएपछि अरुको भरमा बाँच्न परेको छैन ।’
आफूलाई हरेक कुराको आवश्यक पर्छ, सानो कुराको लागि पनि अरुको भर पर्दा निकै समस्या बल्झिएपछि आफैले केही गर्न पर्छ भन्ने सोचाइका साथ रोजगारीको बाटो अपनाएको उनी बताउँछिन् । ‘आफैमा निर्भर हुँदा निकै खुशी लाग्छ, आट गरे त सबै गर्न सकदिो रहेछ’ उनी भन्छिन्– ‘ केही गर्न सकिदैन भनेर बस्न नहुने रैछ । पहिले देखि नै केही न केही गर्न पर्छ भन्ने सोचाइ आएको भए दुःख पाइदैन थियो । व्यवसायमा लागे बाट अहिले निकै सहज भएको छ । अहिले यो सिजनमा मैले ३ सय घोगा मकै दैनिक बेच्ने गरेको छु । १२ रुपैयामा खरिद गरी पोलेर ३० रुपैयामा बेच्ने गरेको छु । दैनिक अन्य खर्च कटाएर १ हजार ५ सय बचाउँछु । यही पैसाले छोराछोरीको पढाई खर्च व्यहोर्छु । ५ हजार घर भाडा तिर्छु, १५ हजार समूहबाट निकालेको ऋणको किस्ता पनि तिर्ने गरेको छु ।’
उनले पोलेको मकै खानको लागि मदनचोक, झन्डुवा चोक, चप्परगौढी लगायतका अन्य ठाउँबाट समेत ग्राहक आउँछन् । आफूले उनीहरुको माग अनुसार मकै पोलेर दिनृ गरेको अमृताले सुनाइन् । ‘परिवारले पनि मलाई सहयोग गर्नुहुन्छ, मलाई गाह्रो परेको बेला छोराले सहगाउँछ’ उनले भनिन् । अमृता त एक प्रतिनिधि पात्र मात्र हुन् । उनको छेउमै अन्य महिला पनि मकै पोलेर जीविको पार्जन गर्दै आएका छन् । मकै पोल्ने पुरुष भन्दा महिला बढी छन् । उनीहरुले मकै पोलेर नै घरायसी खर्च टार्दै आएका छन् ।
स्थानीय महिला आफैले मकैखेती आफै गरेका छन् । अन्य महिलाले अरु किसानबाट प्रति घोगा १२ मा मकै खरिद गरेर ३० रुपैयाँमा बेच्छन् । थोरै मेहनत राम्रो आम्दानी हुने भएपछि मकै पोलेर जीविको पार्जनतिर महिला लागेका छन् । पछिल्लो समयमा जमफुडको प्रभावले गर्दा मकै खानेको संख्या घट्दै गएको अमृता बताउँछिन् । मःम, चाउचाउ, चाउमिन, चटपटे, पानीपुरी जस्ता तयारी खानेकुराको स्वाद परेको जिब्रोले मकैको स्वादलाई खोसेको कमै पोल्ने व्यवसायीहरुको भनाई छ । ‘तर पनि पोलेको मकै मन पराउने पनि ग्राहक आउनु हुनुहुन्छ हाम्रो व्यपारमा घाटा चाहि लागेको छैन’ उनी भन्छिन् ।
उनीहरु मकै नपाइने सिजनमा मौसमी फलफूल, तरकारी, बदाम आदि बचेर आयआर्जन गर्दै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्र बैंकद्वारा लचिलो मौद्रिक नीति सार्वजनिक
- प्रधानमन्त्रीसँगै स्पेनको कार्यक्रममा गएका १० जना नेपाली नफर्किएको खुलासा
- वामदेव गौतमलाई एकीकृत समाजवादीमा तेस्रो वरीयता दिने सहमति
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- रसुवा बाढीमा बेपत्ता १८ जनाको नाम सार्वजनिक
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
- त्रिशूली नदीमा दुई जनाको शव भेटियो
- बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो, ठुलो जनधनको क्षति
- छानबिन गर्ने विशेष समितिका सदस्यहरुको नाम टुंगियो
- ‘फरार’ जसपा नेता यादव फेसबुक लाइभमा, भन्छन्-‘म भागेको हैन’