+

पर्वका लागि छुटमा चामल बिक्री शुरु

जनकपुरधाम  । नजिकिँदो पर्वलाई लक्षित गरी सरकारीस्तरबाट सहुलियत तथा छुट मूल्यमा जनकपुरधाममा चामल बिक्री  शुरु भएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय जनकपुरधामले सहुलियत मूल्यमा चामल बिक्री शुरु गरेको हो । त्यो कार्यालयका कार्यालय प्रमुख गङ्गाप्रसाद साहका अनुसार अरुवा सोना मन्सुली तथा बासमती चामल सहुलियत तथा छुट मूल्यमा बिक्री शुरु भएको छ ।

अरुवा सोना मन्सुली प्रतिकिलो  ६० तथा बासमती चामल प्रतिकिलो  ११८ का दरले मूल्य निर्धारण गरिएको छ । त्यो मूल्य बजार मूल्यभन्दा प्रतिकिलो ५ रुपैयाँले सस्तो हो । 

मुजेलियास्थित खाद्यको कार्यालय हाताभित्र आजदेखि शुरु भएको सहुलियत दरको चामल बिक्री माघ २ गतेसम्म रहने प्रमुख साहले जानकारी दिनुभयो । सहुलियत तथा छुट मूल्यका लागि २०० क्विन्टल चामलको कोटा निर्धारण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै