
जनता रैका
कोहलपुर । नेशनल प्याब्सन बाँकेले स्थापना दिवसको अवसरमा आश्रमका जेष्ठ नागरिक र बालबालिकालाई भोजन गराएको छ ।
नेशनल प्यान्सनले आफ्नो २६ औँ स्थापना दिवसको अवसरमा कोहलपुर नगरपालिका ५ मा अवस्थित निलसागर आश्रमका ३५ जना जेष्ठ नागरिक र बालबालिकालाई भोजन ग्रहण गराएको हो ।
सामाजिक दायित्व अन्तर्गत आश्रममा रहेका ज्येष्ठ नागरिक र बालवालिकालाई भोजन गराइएको नेशनल प्याब्सन बाँकेका अध्यक्ष किशोर राज मल्लले जानकारी दिनुभएको छ । स्थापना दिवसको अवसरमा नेशनल प्याब्सन आश्रमलाई आर्थिक सहयोग समेत गरेको सचिव वेदप्रसाद चन्दले बताउनुभयो ।
कार्यक्रममा कोहलपुर नगरपालिकाको सामाजिक विकास समिति संयोजक इश्वरी विकले नेशनल प्याब्सनले सह्रानीय कार्य गरेको उल्लेख गर्दै स्थापना दिवसको शुभकामना दिनुभयो । उहाँले शिक्षा क्षेत्रमा गुणस्तर गर्न सामुदायिक र निजी विद्यालय लाग्नुपर्ने जोड दिनुभयो ।
कार्यक्रममा निलसागरकी संयोजक अन्जु न्यौपानेलेले विभिन्न दाताको सहयोगबाट आश्रममा आश्रितहरुलाई राहत पुगेको उल्लेख गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा