
धनगढी। नागरिक उन्मुक्ति पार्टीमा रेशम चौधरी निर्विरोध रुपमा अध्यक्ष निर्वाचित हुनुभएको छ । उन्मुक्ति पार्टीको टीकापुरमा भएको महाधिवेशन अध्यक्षमा चौधरीलाई अध्यक्ष बनाएको हो ।
महाधिवेशनमा अध्यक्षको उम्मेदवारी शुक्रबार दिउँसो २ बजेसम्म तोकिएको थियो । त्यस अवधिका अध्यक्षको लागि चौधरीको मात्र उम्मेदवारी उहाँ निर्विरोध हुनुभएको हो । निर्वाचन समितिले अध्यक्ष चौधरी बनेको जनाएको छ ।
रेशमले आफू टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका पत्नी रञ्जिता श्रेष्ठ चौधरीको अध्यक्षमा पार्टी स्थापना गर्नुभएको थियो । प्रतिनिधिसभा सदस्य रञ्जिता अहिले संघीय सरकारमा मन्त्री हुनुहुन्छ । राष्ट्रपतिबाट बाँकी कैद मिनाहा पाएर केही महिना अघि मात्रै छुट्नुभएका रेशम अहिलेआफैं अध्यक्ष बन्नुभएको हो ।
महाधिवेशनबाट उन्मुक्तिको वरिष्ठ उपाध्यक्षमा दामोदर पण्डित र कोषाध्यक्षमा टीकालक्ष्मी चौधरी निर्विरोध हुनुभएको समितिले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा