
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंक लाइन सम्बन्धी विवादले लाइन काटेका उद्योगहरुमा बिजुली जोडिने भएको छ ।
विद्युत प्राधिकरणको शुक्रवार बिहान बसेको सञ्चालक समिति बैंठकले डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरे वापतको महशुल वक्यौता भएर बिजुली काटेका उद्योगमा लाइन जोडिदिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद बैठकले उद्योगहरुमा बिजुलीको लाइन तत्कालै जोड्न निर्देशन दिएपछि प्राधिकरण जोडिदिन बाध्य भएको हो । मन्त्रिपरिषद बैठकले डेडिकेटेड फिडर तथा ट्रंक लाइन सम्बन्धी बिजुलीको विवाद छानविन गर्न जाँचबुझ आयोग समेत बनाइसकेको छ । मन्त्रिपरिषदको बैठकको निर्णयसम्बन्धी पत्र बिहीबार ऊर्जा मन्त्रालयबाट प्राप्त भएपछि त्यसबारे छलफल गर्न शुक्रबार प्राधिकरण सञ्चालक समितिको बैठक बसेको हो ।
मन्त्रिपरिषद बैठकले बनाएको जाँचबुझ आयोगबाट प्रतिवेदन पेश भई नेपाल सरकारबाट निर्णय नभइन्जेलसम्मका लागि लाइन काटिएका उद्योगमा बिजुली जोडिदिने निर्णय भएको प्राधिकरण सञ्चालक समितिका एक सदस्यले जानकारी दिनुभएको छ ।
डेडिकेटेड फिडर तथा ट्रंक लाइन सम्बन्धी बिजुलीको बक्यौता नतिरेको भन्दै प्राधिकरणले ६ पुसदेखि उद्योगहरूको लाइन काट्न सशुरु गरेको थियो । त्यसविरूद्ध उद्योग सञ्चालक र मजदूरहरू विरोध प्रदर्शनमा उत्रिएपछि सरकारले त्यसबारे आयोग बनाउन र तत्कालको लागि लाइन जोड्ने निर्णय गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा