
काठमाडौँ । सस्तो दरमा अमेरिकी डलर साटिदिने प्रलोभनमा पारी पाँच लाख ठगी गरेको अभियोगमा प्रहरी वृत्त कीर्तिपुरको टोलीले सिन्धुपाल्चोक बाह्रविसेका ४३ वर्षीय कुमार तामाङ भन्ने हस्तबहादुर तामाङलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
यही पुस ९ गते कीर्तिपुर नगरपालिका–९ चोभार जलविनायक मन्दिरस्थित ललितपुर गोदावरीका ३६ वर्षीय विजय कुँवरलाई अमेरिकन डलर साट्ने भन्दै ५० अमेरिकन डलर देखाएर रू पाँचलाख ठगी गरेको अभियोगमा निजलाई पक्राउ गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले पक्राउ गरिएका तामाङले कुँवरलाई आफूले आठ हजार अमेरिकी डलर भेटाएको भनी भ्रममा पारेर पाँच लाख लिएर फरार भएका बताउनुभयो । पक्राउ परेका निजलाई प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको उहाँले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्र बैंकद्वारा लचिलो मौद्रिक नीति सार्वजनिक
- प्रधानमन्त्रीसँगै स्पेनको कार्यक्रममा गएका १० जना नेपाली नफर्किएको खुलासा
- वामदेव गौतमलाई एकीकृत समाजवादीमा तेस्रो वरीयता दिने सहमति
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- रसुवा बाढीमा बेपत्ता १८ जनाको नाम सार्वजनिक
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
- त्रिशूली नदीमा दुई जनाको शव भेटियो
- बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो, ठुलो जनधनको क्षति
- छानबिन गर्ने विशेष समितिका सदस्यहरुको नाम टुंगियो
- ‘फरार’ जसपा नेता यादव फेसबुक लाइभमा, भन्छन्-‘म भागेको हैन’