
काभ्रे । पाँचखाल नगरपालिकाले विभिन्न ४ विधेयक पारित गरेको छ । बिहीबार सम्पन्न १४औँ नगरसभाले नगरप्रमुख महेश खरेलद्वारा प्स्तुत दुई विधेयक संशोधन प्रस्ताव र दुई नयाँ विधेयक सर्वसम्मत रुपमा पारित गरेको हो ।
खरेलद्वारा प्रस्तुत दुई नयाँ नगर प्रहरी विधेयक, २०८० र वन विधेयक, २०८० सर्वसम्मतले पास गरिएको हो । खरेलद्वारा प्रस्तुत आर्थिक ऐन संशोधन र विनियोजन ऐनमा संशोधन प्रस्ताव पास भएको छ । उपप्रमुख सूर्यमाया दनुवारले चालु आर्थिक वर्षको पुससम्मको समग्र प्रगति र न्यायिक समितिको प्रगति प्रस्तुत गर्नुभएको थियो । नगरको चालु आव २०८०÷८१ का लागि विनियोजित कुल ७९ करोड ९८ लाख रुपैयाँ मध्ये हालसम्म २९ दशमलव ३६ प्रतिशत खर्च भएको छ । चालुतर्फ १५ करोड २४ लाख ४ हजार रुपैयाँ र पुँजीगततर्फ २६ दशमलव ९७ प्रतिशत खर्च भएको नगरपालिकाले जनाएको छ ।
नगरको चालु आवको हालसम्म विषयगत खर्च विवरणानुसार आर्थिक विकासतर्फ ३ करोड ११ लाख ७८ हजार रुपैयाँ विनियोजन भएकामा २५ दशमलव १२ प्रतिशत, सामाजिक विकासतर्फ २९ करोड ५८ लाख ४ हजार रुपैयाँ विनियोजन भएकामा ३२ दशमलव ९९ प्रतिशत, पूर्वाधार विकासतर्फ विनियोजित २५ करोड ४९ लाख ८३ हजार रुपैयाँ मध्ये २८ दशमलव ९८ प्रतिशत खर्च भएको छ ।
सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ २ करोड १० लाख ६१ हजार ५ सय रुपैयाँ विनियोजन भएकामा १० दशमलव ०७ प्रतिशत तथा कार्यालय सञ्चालन र प्रशासनिक विषयतर्फ विनियोजित १९ करोड ६८ लाख १ हजार ५ सय रुपैयाँ मा २७ दशमलव १७ प्रतिशत खर्च भएको नगरपालिकाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध