
कैलाली । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देश नै विभिन्न समयुदायको मुख्य पहिचान भएको उल्लेख गर्दै यसलाई जोगाउन समाजका सबै वर्ग लाग्नुपर्ने बताउनुभएको छ ।
अध्यक्ष नेपालले टीकापुरमा बिहीबार शुरु भएको नागरिक उन्मुक्ति पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा देशको पहिचान जोगाउन सबै लाग्नुपर्ने बताउनुभएको हो । ‘आज यो वा त्यो भनेर पहिचानका ‘एजेण्डा’ बाहिर आउन थालेका छन्’ उहाँले भन्नुभयो – ‘त्यसले सिङ्गो देशको पहिचानलाई सङ्कटमा पुर्याउन सक्छ । हामीले जात, धर्मको नाममा पहिचान खोज्नु भन्दा सिङ्गो देशको पहिचानलाई समेट्दै देशको समृद्धिका निम्ति लाग्नु अहिलेको आवश्यकता हो ।’
अध्यक्ष नेपालले गणतन्त्रविरुद्धमा केही संयन्त्र लागेको तर व्यवस्थालाई अब कसैले फेरबदल गर्न नसक्ने उल्लेख गर्नुभयो । ‘दलीय व्यवस्थाभन्दा निरङ्कुश एकदलीय व्यवस्था कदापि राम्रो हुन सक्दैन’ उहाँले भन्नुभयो – ‘विगतमा त्यहीँ व्यवस्था ढाल्नका लागि त्यत्रो आन्दोलन गर्नुपर्यो, बरु कुनै पार्टी ठीक नहोलान्, कुनै नेता ठीक नहोलान्, तर तिनको विकल्प अर्को पार्टी र अर्को नेता हुनसक्छ निरंकुश एकदलीय व्यवस्था हुन सक्दैन ।’
पूर्वप्रधानमन्त्री नेपालले विगतमा अधिकारका लागि भएका अप्रिय घटनाले ठूलो क्षति पुर्याएको बताउँदै गामी दिनमा त्यस्ता घटना हुन नदिनेतर्फ सधैँ सचते हुनुपर्नेमा जोड दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्र बैंकद्वारा लचिलो मौद्रिक नीति सार्वजनिक
- प्रधानमन्त्रीसँगै स्पेनको कार्यक्रममा गएका १० जना नेपाली नफर्किएको खुलासा
- वामदेव गौतमलाई एकीकृत समाजवादीमा तेस्रो वरीयता दिने सहमति
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- रसुवा बाढीमा बेपत्ता १८ जनाको नाम सार्वजनिक
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
- त्रिशूली नदीमा दुई जनाको शव भेटियो
- बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो, ठुलो जनधनको क्षति
- छानबिन गर्ने विशेष समितिका सदस्यहरुको नाम टुंगियो
- ‘फरार’ जसपा नेता यादव फेसबुक लाइभमा, भन्छन्-‘म भागेको हैन’