
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दा हाल्ने गौशाला २६ को वास्तविक तस्बिर र नाम सामाजिक सञ्जालमा राख्ने एक कार्यकर्तालाई कारबाही गरेको छ ।
पार्टीको प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबु शाखा समिति सदस्य दिवस सापकोटालाई पार्टीले कारबाही गरेको हो ।
सामाजिक सञ्जालमा प्रयोगमा संवेदनशील नरहेको भन्दै दिवसलाई पदीय जिम्मेवारीबाट निलम्बन गरिएको पार्टीले जनाएको छ । उनले गौशाला २६ को तस्वीर र नामसहित ट्वीटरमा पोस्ट गरेका थिए । अदालतको फैसलाको आलोचना गर्दै उनले गौशालामाथि कटाक्ष गरेको रास्वपाको सूचनामा उल्लेख छ ।
गौशाला २६ को तस्बिर उनको इन्स्टा अकाउन्टबाट निकालेर केही दिनदेखि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यौनजन्य मुद्दामा उजुरी वा मुद्दा दिने युवतीको नाम र तस्बिर प्रहरीले गोप्य राख्ने गर्छ । सञ्चारमाध्यम र सामाजिक सञ्जालमा पनि पहिचान खुलाउन नपाइने नियम छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा