
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) हटाउन नहुने सुझाव दिएको छ। बिहीबारको शिक्षा समिति बैठकमा विद्यालय शिक्षा विधेयकमाथि बोर्डको तर्फबाट धारणा राख्दै अध्यक्ष डा.महाश्रम शर्माले एसईई हटाउन नहुने सुझाव दिनुभएको हो ।
‘एसईई हुनुपर्छ । तर, केन्द्रीकृत नभई प्रादेशिक रूपमा हुनुपर्छ भन्ने हाम्रो मान्यता हो’ अध्यक्ष शर्माले भने। विधेयक कक्षा ८ र १२ मा परीक्षा हुने उल्लेख गरिएको छ। उक्त प्रावधानले विद्यार्थीहरूको पढाइमा झन् कमी आउने उहाँको तर्क छ।
‘अहिले कक्षा ८ मा हुन्छ। त्यसपछि कक्षा १० र १२ कक्षामा परीक्षा भइरहेको छ। यदि ८ मा परीक्षा गरेर सिधै १२ गर्दा बिचमा ४ वर्ष ग्याप हुन्छ,’ अध्यक्ष शर्माले भन्नुभयो, ‘चार वर्ष ग्याप हुँदा विद्यार्थीको पढाइ तथा मूल्याङ्कनमा थप कमी आउने हो कि भन्ने हाम्रो चिन्ता हो।’
अहिले कक्षा ११ मा सम्बन्धित विद्यालयले नै परीक्षा लिने गरेको छ। विद्यालयले लिने परीक्षामा शतप्रतिशत विद्यार्थी पास हुने गरेका छन्। तर, कक्षा १२ को बोर्ड परीक्षामा भने ५० प्रतिशत विद्यार्थी पास हुने गरेका छन्। यस्तो अवस्थामा कक्षा १० को बोर्ड परीक्षा हटाएको खण्डमा फेल हुने दर झन् बढ्ने अध्यक्ष शर्माको भनाइ छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्र बैंकद्वारा लचिलो मौद्रिक नीति सार्वजनिक
- प्रधानमन्त्रीसँगै स्पेनको कार्यक्रममा गएका १० जना नेपाली नफर्किएको खुलासा
- वामदेव गौतमलाई एकीकृत समाजवादीमा तेस्रो वरीयता दिने सहमति
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- रसुवा बाढीमा बेपत्ता १८ जनाको नाम सार्वजनिक
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
- त्रिशूली नदीमा दुई जनाको शव भेटियो
- बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो, ठुलो जनधनको क्षति
- छानबिन गर्ने विशेष समितिका सदस्यहरुको नाम टुंगियो
- ‘फरार’ जसपा नेता यादव फेसबुक लाइभमा, भन्छन्-‘म भागेको हैन’