जनकपुरधाम । सरोकालवाला संघ, संस्थाले ‘हरवा चरवालाई न्यायिक पुनर्स्थापना गरिनुपर्ने’ आवाज उठाउँदै आएका छन् ।
राष्ट्रिय दलित नेटवर्क, नेपालले मुक्त हरवा चरवा अधिकार मञ्चसँगको समन्वयमा आयोजना गरेको दुई दिवसीय प्रशिक्षण हरवा चरवाहरुको अवस्थाबारे छलफल गरिएको हो । ‘मुक्त हरवाचरवाको न्यायिक पुनर्स्थापना हाम्रो सरोकार । शिक्षा, स्वास्थ्य, रोजगार र सामाजिक सुरक्षा हाम्रो सरोकार’┌ भन्ने मुल नाराका साथ मधेश प्रदेशको राजधानी जनकपुरधाममा आइतबारदखि शुरु भएको जलवायु परिवर्तन सम्बन्धी २ दिवसीय प्रशिक्षणमा सहभागीहरुले राज्यले मुक्त घोषणा गरे पनि हरवा चरवाहरुको अवस्था अझै दयनीय रहेको औँल्याएका छन् ।
सरकारले २०७९ श्रावण २ गते अनुचित ऋणको खारेजीसहित पूर्वी तराईका बारादेखि सुनसरी सम्मका ९ जिल्लामा रहेका करिब १ लाख भन्दा बढी हरवाचरवालाई मुक्तिको घोषणा गरेको थियो । तत्कालीन प्रधानमन्त्री, सम्बन्धित मन्त्री, सांसद, मन्त्रालयका सचिव, संवैधानिक आयोगका प्रमुख तथा प्रतिनिधिर, उच्च पदस्थ कर्मचारीसहित हलिया, कमैया, कम्लरी तथा हरवाचरवा आन्दोलनका अगुवाहरुको उपस्थितिमा मुक्तिको घोषणा गरिएको थियो ।
कार्यक्रमा सहभागीले घोषणासँगै नेपाल सरकारले प्रतिबद्धता जाहेर गरेको लगत संकलन, सत्यापन, परिचय पत्र वितरण, पुनःस्थापना, सामाजिक विभेदको अन्त्य, मर्यादित जीवन, सामाजिक सशक्तिकरण, समावेशीकरण, शिक्षा, स्वास्थ्य, रोजगारी तथा सामाजिक सुरक्षाका मुद्दा अहिलेसम्म शुरु हुन नसकको बताएका छन् ।
हरवा चरवालाई न्यायिक पुनर्स्थापनाको लागि बारम्बार आवाज उठाउँदै आए पनि सम्बन्धित निकायले यसलाई सुनुवाइ नगरेको कारण राष्ट्रिय दलित नेटवर्क, नेपाल र मुक्त हरवा चरवा अधिकार मञ्चले आन्दोलनको तयार नै गरेको छ ।
आन्दोलनमार्फत स्थानीय, प्रदेश र संघीय सरकारलाई दबाब दिने उद्देश्यले प्रशिक्षण सञ्चालन आयोजना गरिएको हरवाचरवा अधिकार मञ्च केन्द्रीय अध्यक्ष दशनलाल मण्डलले जानकारी दिनुभएको छ ।
अध्यक्ष मण्डलका अनुसार दुई दिने प्रशिक्षण संगठन निर्माण र परिचालन, नेतृत्व विकास, सवालमा आधारित नीतिगत जनवकालत, सरोकारवाला निकायसँग समन्वय, संबैधानिक र कानुनी प्रावधान, जलवायु परिवर्तन सम्बन्धी विषयमा केन्द्रित हुनेछ । प्रशिक्षणको दौरानमा ३ महिने जनवकालत योजना निर्माणमार्फत आगामी आन्दोलन सञ्चालन गरिनेछ ।
प्रशिक्षणको सहजीकरण दलित नेटवर्कका संरक्षक गणेश विश्वकर्मा, द फ्रिडम फण्डका जनवकालत सल्लाहकार बालाराम भट्टराई र कार्यक्रम सल्लाहकार ब्रहमदेव रामले गरिरहनु भएको छ ।
प्रशिक्षणमा मधेश प्रदेशका ८ वटै जिल्लाबाट प्रतिनिधित्व हुने गरी ३० जना हरवाचरवा अगुवाहरुको सहभागिता रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रविलाई राति नै पोखरा लगियो
- एनपीएल : आज पोखरा-जनकपुर तथा काठमाडौँ-सुदूरपश्चिम भिड्दै
- प्रधानमन्त्री ओली आज स्वदेश फर्कनुहुँदै
- आज मौसम : कोशी र गण्डकीमा आंशिक बदली हुने पूर्वानुमान
- लामिछानेसहित १४ जनाविरुद्ध पर्साबाट पनि पक्राउ पुर्जी जारी
- क्षतिग्रस्त बिपी राजमार्गको पुनःनिर्माण गरिँदै
- को हुन् बीबीसीको सय प्रभावशाली महिलाको सूचीमा परेकी सिलसिला ?
- त्रिविका १४ हजार विद्यार्थी दीक्षित हुँदै
- चीन भ्रमणमा ऐतिहासिक महत्त्व राख्ने सम्झौता भए : प्रधानमन्त्री
- दिनभर अशान्त चितवन : २० जना प्रहरी र ४० भन्दा बढी प्रदर्शनकारी घाइते