+

हारको श्रृङ्खला रोक्ने लक्ष्यसहित नेपाल क्यानडाविरुद्ध मैदानमा उत्रिदै

काठमाडौँ । विश्वकप लिग-२मा नेपालले आज घरेलु टोली क्यानडासँग दोस्रो खेल खेल्दै छ । आजको खेल नेपाली समय अनुसार राति ८ः४५ बजे क्यानडाको किङ सिटी मैदानमा शुरु हुनेछ ।

क्यानडामा जारी त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत नेपाल घरेलु टोली क्यानडासंग पहिलो खेलमा १०३ रनको फराकिलो अन्तरले पराजित भएको थियो ।  सिरिजको दोस्रो खेलमा ओमानसंग १ विकेटले पराजित भएको नेपाल आज भने जित दर्ता गर्दै हारको श्रंखला अत्य गर्ने दाउमा छ । 

जारी सिरिजमा नेपालले क्यानडा र ओमानसंग  दुई-दुई खेल लेख्नेछ  । गत फेब्रुअरीमा त्रिवि क्रिकेट मैदानमा नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको खेलबाट सन् २०२४-२०२६ अन्तिमसम्म चल्ने लिग-२ को शुरुवात भएको थियो  । लिग-२ को जारी श्रंखलामा अहिलेसम्म नेपालको प्रदर्शन निकै निराशाजनक छ ।  

५ खेल खेलेको नेपाल २ अंकसहित तालिकाको सातौं स्थानमा छ । त्रिवि क्रिकेट मैदानमा नेपालले नामिबियासँग २ खेल हारेको थियो भने नेदरल्याण्डसँग एकमा जित र एकमा हार व्यहोरेको थियो । क्यानडामा खेलेका दुईवटै खेल हारेको नेपाल आजको खेलमा जित दर्ता गरेर हारको श्रंखला रोक्न चाहान्छ । लिग-२ मा नेदरल्याण्ड अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।

नेपालले ओमानसँग असोज ८ गते अन्तिम खेल खेल्ने छ । 

ओडीआई सिरिजपछि नेपालले क्यानडा र ओमानसँग टी २० सिरिज पनि खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट