
काठमाडौंँ। नेपाल क्रिकेट संघ क्यानले सन्दीप लामिछानेलाई निलम्बन गरेको छ । क्रिकेटर लामिछानेलाई काठमाडौं जिल्ला अदालतले बलात्कार मुद्धामा ८ वर्षको जेल सजाय सुनाएपछि क्यानले पनि निलम्बन गरेको हो ।
क्यानले बिहीबार निकालेर लामिछानेलाई निलम्बन गरिएको जनाएको छ । लामिछानेलाई काठमाडौं अदालतले बलात्कार मुद्दामा बुधबार ८ वर्ष जेल सजाय र पीडितलाई ५ लाख रुपेयाँ क्षतिपूर्ति भराउने फैसलासुनाएको थियो ।
अदालतको फैसलापछि लामिछानेलाई क्यानले घरेलु तथा अन्तर्राष्ट्रिय कुनै पनि प्रतियोगिता खेल्न नपाउने गरी निलम्बन गरेको हो । ‘राष्ट्रिय टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई जबरजस्ती करणीको मुद्दामा कसुर कायम गरी सजाय निर्धारण गरिएको र सम्मानित अदालतको आदेश अनुसार फौजदारी मुद्दामा दोषी ठहर भइ सजाय निर्धारण समेत भएकाले निज सन्दीप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय कुनै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन गरिएको जानकारी गराउँदछौं’ क्यानको विज्ञप्तिमा उल्लेख छ ।
राष्ट्रिय टिमका पूर्व कप्तान समेत रहेका लामिछाने विरुद्ध २०७९ सालमा भदौ २१ बलात्कारको उजुरी परेको थियो । भदौ ५ गते माबानेश्वरबाट एक युवतीलाई नगरकोट लगेको र राति फर्केर पिंगलास्थानस्थित होटल काठमाडौं इनमा लगेर बलात्कार गरेको आरोपमा अदालतले सन्दीलाई दोषी ठहर गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा