
काठमाडौँ । अलपत्र गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि बाटो खुलेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले बाग्मती प्रदेश सरकारसँगको साझेदारीमा निर्माणकार्य अघि बनाउन भरतपुर महानगरपालिकालाई सहमति दिएपछि रङ्गशाला निर्माणको बाटो खुलेको हो ।
भरतपुर महानगरपालिकालाई रङ्गशाला निर्माण, सञ्चालन र व्यवस्थापनका लागि सहमति दिइएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो । भरतपुर महानगरले तयार गरेको लागत इस्टिमेट अनुसार राष्ट्रियस्तरका खेल खेल्न मिल्ने बनाउन एक अर्ब रुपैयाँ लाग्ने देखिएको छ ।
चन्दा उठाएर रङ्गशाला निर्माण शुरु गरेको धुर्मुस सुन्तली फाउन्डेसनले १९ करोड ऋण लागेको भन्दै दुई वर्षअघि निर्माणको काम त्यसै छाडेको थियो । त्यसपछि रङ्गशाला अलपत्र छ । अब ठेक्का आह्वान गरेर निर्माणको काम अघि बढाउन बाटो खुलेको छ ।
सरकारले गौतम बुद्धसहित तीन वटा क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरवको आयोजनामा राखेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा