
कैलाली । कैलालीको कर्णाली चिसापानीमा पर्ने पितमारी नजिक गएराति मोटरसाइकल दुर्घटना हुँदा दम्पतीको ज्यान गएको छ ।
अछामबाट कुइने चिसापानी हुँदै बर्दियाको ठाकुरबाबा नगरपालिका–१ भुरीगाउँ घरतर्फ जाँदै गरेका दम्पती चढेको मोटरसाइकल कुइने कर्णाली चिसापानी सडक खण्डअन्तर्गत पितमारी नजिक दुर्घटना भएको हो ।
भे १३ प १०७४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा बर्दिया ठाकुरबाबा नगरपालिका–१ भुरीगाउँका ३८ वर्षका खगेन्द्रप्रसाद ढकाल र ३४ वर्षकी महेश्वरी तिमिल्सिना ढकालको ज्यान गएको इलाका प्रहरी कार्यालय कर्णाली चिसापानीले जनाएको छ ।
सडकदेखि झण्डै ३ सय मिटर तल नदि किनारको खोँचमा हिजो बेलुका ८ बजे केही उज्यालो देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए । गम्भीर घाइते दम्पतीलाई अस्पताल लैजाँदै गर्दा ज्यान गएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा