
बागमती । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) ले खेलकुद क्षेत्रको विकास र खेलाडीको हितलाई ध्यानमा राखेर प्रदेश सरकारले काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ को अवसरमा आज हेटौँडामा आयोजित विभिन्न प्रतियोगिताका पदक विजेता खेलाडीको सम्मान कार्यक्रममा मुख्यमन्त्री लामाले खेलकुद क्षेत्रको विकास र खेलाडीको हितमा हुनेगरी काम अघि बढाइएको बताउनुभयो ।
युवा तथा खेलकुद मन्त्रालय र प्रदेश खेलकुद विकास परिषद्सँग समन्वय गरेर प्रदेश सरकारले खेलकुद क्षेत्रको विकासका कार्यक्रमलाई अघि बढाएको उल्लेख गर्दै उहाँले खेलकुद क्षेत्र सरकारको प्राथमिकतामा रहेको बताउनुभयो ।
‘खेलकुद राष्ट्रको गहना मात्र होइन यसले राष्ट्रको पहिचानसमेत स्थापित गराउने काम गर्छ’ मुख्यमन्त्री लामाले भन्नुभयो– ‘यस प्रदेशलाई खेलकुदको दृष्टिकोणले अग्रणी प्रदेश बनाउन हामी प्रयत्नशील छौँ, त्यसैले खेलकुद सरकारको प्राथमिकतामा छ ।’
कार्यक्रममा युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले खेलकुद र खेलाडीले विश्वसामु नेपाललाई चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुहुँदै प्रदेश सरकारले कार्यविधि तयार गरेर खेलाडीलाई सम्मान र पुरस्कार दिने व्यवस्था गर्ने योजना रहेको बताउनुभयो ।
कार्यक्रममा आर्थिक मामिला तथा योजनामन्त्री कुन्दराज काफ्ले, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले खेलकुद क्षेत्रको विकासका लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
पलेशालाई सम्मान
बागमती प्रदेश सरकारले पेरिस पारा ओलम्पिकमा कास्य पदक जित्नुभएका पलेशा गोवर्धनलाई आज नगद सहित सम्मान गरेको छ ।
संविधान दिवस २०८१ को अवसरमा आज हेटौंडामा आयोजित कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा ण्तामाङ) र युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले संयुक्त रुपमा गोवर्धनलाई १० लाख रुपैयाँसहित सम्मान गर्नुभयो ।
कार्यक्रममा १९औँ एसियाली खेलकुद प्रतियोगितामा करातेमा नेपाललाई रजत पदक दिलाउनुभएका एरिका गुरुङलाई नगद रु पाँच लाख, पेरिस पारा ओलम्पिकमा कास्य पदक बिजेता पेलाशाका प्रशिक्षक कविराज नेगीलाई नगद रु दुई लाख तथा एरिका गुरुङका प्रशिक्षक कुशल श्रेष्ठलाई नगद रु एक लाखसहित सम्मान गरेको छ ।
मुख्यमन्त्री लामाले नेपाल तेक्वान्दो सङ्घ बागमती प्रदेश समिति र नेपाल कराते महासङ्ंघ बागमती प्रदेश समितिलाई एकरएक लाख रुपैयाँ प्रदान गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री