
धनगढी । चिसो र शीतका कारण तरकारीबालीमा डढुवा रोगको जोखिम बढेको छ । रातमा तापक्रम ३ डिग्री सेल्सियसभन्दा तल जाने र आर्द्रता बढ्न गइ शीत पर्ने गर्छ । यसबाट बालीमा विभिन्न रोगको सङ्क्रमण बढ्ने गरेको छ । आलु, गोलभेँडालगायतमा समस्या देखिएको कैलालीका किसान नारायण चौधरीले बताउनुभयो ।
पुस माघमा बर्सेनि डढुवा रोगको समस्याबाट बाली जोगाउन मुस्किल हुने गरेको उहाँ बताउनुहुन्छ । कतिपय किसानले टनेल बनाएर गोलभेँडालगायत तरकारी बाली लगाउने गरेका छन् ।
सात आठ दिनको फरकमा ढुसीनाशक विषादी छर्किन सके बाली जोगाउन सकिने कृषि प्राविधिकको सल्लाह छ । तर एउटै बालीमा पटकरपटक विषादी छर्किन कमजोर आर्थिक अवस्था भएका किसानलाई समस्या छ । यसबाट लागत खर्च धेरै पर्ने उनीहरुको गुनासो छ ।
शीत पर्ने र आर्द्रता बढ्ने हुँदा सुषुुप्त अवस्थामा रहेका ढुसी सक्रिय हुने कृषि प्राविधिक खगेन्द्रप्रसाद शर्मा बताउनुहुन्छ । डढुवा रोग लागेमा आलु, गोलभेँडाको पात, डाँठ र लागेको फल सडेर जान्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा