
काठमाडौँ । जिल्ला अदालत काठमाडौंले बलात्कारको आरोपमा ८ वर्ष जेल सजाय सुनाएपछि क्रिकेटर सन्दीप लामिछाने जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत जाने भएका छन् । जेल बाहिरै बसेर मुद्दा लड्न पाउँ भन्दै सन्दीप उच्च अदालत जाने उनका वकिल सरोज कुमार घिमिरेले बताउनु भएको छ ।
घिमिरेले भन्नुभयो, ‘‘पहिलेकै धरौटीले थामी पाउँ र बाहिरै बसेर मुद्दा लड्न पाउँ भन्दै उच्च अदालत जानेछौँ । जिल्ला अदालतबाट पूर्ण पाठ आउने बित्तिकै हामी उच्च अदालत जानेछौँ । अहिले जिल्ला अदालतको आदेश एक पक्षिय छ, तथ्यमा छैन । न्यायधिशको चित्तमा लागेको छ । कुनै प्रमाणले पुष्टि गदृैन । सामाजिक सञ्जालको दबाबमा परेर न्यायधिशले फैसला गरेको देखिन्छ । यसैले हामी उच्च अदालत जान्छौँ । त्यो अवधिमा सन्दीप बाहिरै रहनेछन् ।’’
न्यायाधीश शिशिरराज ढकालको इजलासले उनीबाट ५ लाख रुपैयाँ क्षतिपूर्ति पीडितलाई भराउनुपर्ने र जेल बस्ने आदेशविरुद्ध सन्दीप उच्च अदालत जाने उनका वकिलले बताएका छन् ।
यसअघि १३ पुसमा जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा