
काठमाडौँ । बाल यौन दूराचारको आरोपमा पक्राउ परेका तपस्बी रामबहादुर बम्जनको घरमा पैसाको चाङ नै भेटिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) टोलीले पक्राउ गर्न जाँदा बम्जनको बूढानीलकण्ठस्थित घरमा ३ करोड ३४ लाख रुपैयाँको चाङ भेटाएकोे हो
सीआईबीले बम्जनको घरमा ३ करोड ३ लाख ७५ हजार ५ सय नेपाली रुपैयाँ र विभिन्न १७ देशका ३० लाख ९२ हजार ४ सय ६ रुपैयाँ बराबरको विदेशी मुद्रा भेटिएको जनाएको छ । बम्जन कहाँ त्यत्रो पैसा कहाँबाट कसरी आयो ? स्रोत के हो ? भन्नेबारे अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।
सीआईबीले बम्जनको घरमा ३ करोड ३ लाख ७५ हजार ५ सय नेपाली रुपैयाँ र विभिन्न १७ देशका ३० लाख ९२ हजार ४ सय ६ रुपैयाँ बराबरको विदेशी मुद्रा भेटिएको जनाएको छ । बम्जन कहाँ त्यत्रो पैसा कहाँबाट कसरी आयो ? स्रोत के हो ? भन्नेबारे अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।
सीआईबीले बम्जनलाई पक्राउपछि उनको गतिविधि छानविन गर्ने क्रममा धुम्बाराहीस्थित एक शोरूमबाट ५ करोडको ल्याण्ड क्रुजर गाडी खरिद गर्न ३ करोड रुपैया अग्रिम भुक्तानी दिइसकेको समेत फेला पारेको छ । प्रहरीले अनुसन्धनकाृ क्रममा बम्जनको घरबाट १४ थान मोबाइल, ७ थान ल्यापटप र आइप्याड, २० थान पेनड्राइभ समेत बरामद गरेको छ ।
बम्जनको घरबाट घरबाट बरामद भएको पैसा, मोबाइल, ल्यापटप गाडी, स्कुटर लगायत करोडौं मूल्य बराबरको धनमाल प्रहरीले सार्वजनिक गरेको छ । बाराको हलखोरियामा रहेको जंगलमा तपस्या गरेर बसेका बम्जनपछि सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ८ मा वन अतिक्रमण गरी आश्रम बनाएर बस्दै आएका थिए । तपस्बी बम्जनलाई त्यहीबेला सर्लाही जिल्ला अदालतले २०७६ सालमा बाल यौन दूराचारको अभियोगमा पक्राउ पुर्जी जारी गरेको हो ।
सीआईबीका प्रवक्ता नवराज अधिकारीले बम्जनलाई छिट्टै सर्लाही जिल्ला अदालतमा पेश गरिने जानकारी दिनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा