
काठमाडौँ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रियसभामा नेकपा एकीकृत समाजवादीलाई सिट नदिन प्रधानमन्त्रीसँग नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले हारगुहार गरिरहेको खुलासा गर्नुभएको छ ।
एकीकृत समाजवादीका अध्यक्ष नेपालले बुधबार पार्टीको विद्यार्थी विशेष जिल्ला कमिटीले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा त्यस्तो खुलासा गर्नुभएको हो । अध्यक्ष नेपालले राष्ट्रियसभामा आफूहरुलाई सिट नदिन एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग गरेको संवादको फेरिस्त सुनाउनुभयो । ‘ओली अहिले पनि राष्ट्रियसभाको सिट भागबण्डा गर्दै हिडिरहेका छन्’ उहाँले भन्नुभयो– ‘ ‘अहिले पनि राष्ट्रियसभा निर्वाचनका सन्दर्भमा प्रचण्डकहाँ गएर हामीलाई ६ सिट दिनुस्, कांग्रेसलाई ९ सिट दिनुस्, तपाई ५ सिट लिनुस्, एकीकृत समाजवादीलाई जिरो सिट दिनुस् भन्नुभएछ’ अध्यक्ष नेपालले ओलीको भनाई उधृत गर्दै भन्नुभयो, ‘हामीलाई जिरो सिट दिने रे !’
अध्यक्ष नेपालले ओलीको मति अझै नसप्रेको टिप्पणी गर्नुभयो । ‘अझैपनि उनको मति सप्रेको छैन’ उहाँले भन्नुभयो – त्यसो हुनाले सबै कम्युनिस्ट मिलुन् भनेर चाहाना राखेरमात्र हुँदैन । मति पनि सप्रेको हुनुपर्यो । मति नै सप्रेको छैन भने केही गर्न सकिँदैन ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा