+

चार लाख राशिको मातातीर्थ गोल्डकप असोज पहिलो सातादेखि

काठमाडौँ । काठमाडौँको चन्द्रागिरी नगरपालिकास्थित  मातातीर्थ मन्दिर परिसरमा तेस्रो मातातीर्थ गोल्डकप प्रतियोगिता हुने भएको छ । 

मातातीर्थ संरक्षण तथा विकास संस्थाको आयोजनामा असोज ७ गतेदेखि तेस्रो मातातीर्थ गोल्डकप प्रतियोगिता–२०८१ हुने भएको हो । संस्थाका अध्यक्ष शान्त उदासले प्रत्येक वर्ष झैँ यस वर्ष पनि मातातीर्थ चौरमा गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिनुभएको छ । उहाँले प्रतियोगितामा काठमाडौँ उपत्यकाका साथै धादिङ, मकवानपुर, नुवाकोट, काभ्रेपलाञ्चोक लगायत जिल्लाका खेलाडीको सहभागिता रहने बताउनुभयो ।

प्रतियोगितामा सहभागी हुने टोलीले असोज ४ गतेसम्म गर्न सक्ने अध्यक्ष उदासले बताउनुभयो । प्रतियोगितामा प्रथम हुने टोलीले ४ लाख रुपैयाँ, मेडल र प्रमाणपत्र, दोस्रो हुने टोलीले २ लाख ५० हजार, मेडल र प्रमाणपत्र तथा तेस्रो हुने टोलीले १ लाख ५० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र पाउनेछन् । 

विसं २०७९ देखि शुरु गरिएको प्रतियोगितामा पहिलो वर्ष ३० र दोस्रो वर्ष २४ टोलीको सहभागिता रहेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट