
काठमाडौँ । विश्वकप लिग-२ मा नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै छ । खेल नेपाली समय अनुसार साँझ पौने ८ बजे क्यानडाको किङ सिटी मैदानमा खेल शुरु हुनेछ ।
क्यानडामा हुने त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत नेपालले घरेलु टोलीसहित ओमानसँग दुई-दुई खेल लेख्नेछ । गत फेब्रुअरीमा त्रिवि क्रिकेट मैदानमा नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको खेलबाट सन् २०२४-२०२६ अन्तिमसम्म चल्ने लिग-२ को शुरुवात भएको थियो । उक्त खेलमा नेपालको प्रदर्शन निराशाजनक थियो ।
चार खेल खेलेको नेपाल २ अंकसहित तालिकाको सातौं स्थानमा छ । त्रिवि क्रिकेट मैदानमा नेपालले नामिबियासँग २ खेल हारेको थियो भने नेदरल्याण्डसँग एकमा जित र एकमा हार व्यहोरेको थियो । नेदरल्याण्ड अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।
नेपालले क्यानडासँग दोस्रो खेल असोज ६ गते खेल्नेछ भने ओमानसँग असोज २ र ८ गते खेल्ने छ । ओडीआई सिरिजपछि नेपालले क्यानडा र ओमानसँग टी २० सिरिज पनि खेल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री