
काठमाडौँ । बाल यौन दूराचारको आरोपमा पक्राउ परेका तपस्बी रामबहादुर बम्जनलाई प्रहरीले सार्वजनिक गरेको छ । मंगलबार पक्राउ परेका तपस्वीबम्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आज पत्रकार सम्मेलनमा सार्वजनिक गरेको हो ।
तपस्बी बम्जनलाई बाल यौन दूराचारको अभियोगमा सर्लाही जिल्ला अदालतले २०७६ सालमा पक्राउ पुर्जी जारी गरेको थियो । बम्जन पक्राउ पुर्जी जारी भएदेखि फरार थिए । उनलाई सीआईबीका टोलीले मंगलबार काठमाडोँको बूढानिलकण्ठबाट पक्राउ गरेको हो ।
सीआईबीका प्रवक्ता नवराज अधिकारीले बम्जनलाई छिट्टै सर्लाही जिल्ला अदालतमा पेश गरिने जानकारी दिनुभएको छ । । प्रहरीले उनको घरबाट ३ करोड ३ लाख ७५ हजार ५०० रुपैयाँ र विभिन्न १७ देशका मुद्रा गरी ३० लाख ९२ हजार ४०६ रुपैयाँ बरामद गरिएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा