
काठमाडोँ। पूर्वभूमिसुधार राज्यमन्त्री यशोदाकुमारी लामा बलात्कार, हत्या र बेपत्ता पारेको लगायतका आरोपमा पक्राउ परेका तपस्बी रामबहादुर बम्जनलाई छुटाउन सक्रिय भएकी छन् । बम्जनलाई छुटाउन पूर्वभूमिसुधार राज्यमन्त्री लामा बुधबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) कार्यालय पुगेकी छन् ।
बलात्कार, हत्या र बेपत्ता पारेको आरोपमा पक्राउ पुर्जी जारी भए लगत्तै फरार रहेका बम्जनलाई सीआईबीको टोलीले मंगलबार काठमाडौँको बूढानिलकण्ठबाट समातेको हो । बम्जनलाई सीआईबी बुधबार पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेर उनीविरुद्ध मुद्दा चलिरहेको जिल्ला सर्लाही लग्ने तयारी गरेको छ । पूर्वराज्यमन्त्री लामा बम्जनलाई प्रहरीले सार्वजनिक गर्नुअघि आफूहरूले प्राइभेट गाडीमा लैजाने भन्दै समर्थकसहित महाराजगञ्जस्थित सीआईबी कार्यालय पुगेकी हुन् । पूर्वराज्यमन्त्री लामा बम्जन आफूहरूको ‘भगवान्’ रहेको भन्दै हतकडी नलाउन समेत प्रहरी अधिकारीसँग माग गरेकी छन् । लामा शेरबहादुर देउवा नेतृत्वको सरकारमा २०७४ साल भदौ ७ गते भूमिसुधार तथा व्यवस्था राज्यमन्त्री भएकी थिइन् । लामा त्यसबेला विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकबाट राज्यमन्त्री बनेकी हुन् ।
तर, सीआईबीका अधिकारीले त्यसरी जिम्मा दिन नमिल्ने भन्दै अदालतमा म्याद थप लगायत आवश्यक कारबाहीका लागि प्रहरीले नै लैजाने जवाफ दिएका छन् । सीआईबी प्रवक्ता नवराज अधिकारीले बम्जनमाथिको मुद्दा र पक्राउबारे विस्तृत जानकारी गराउन आज दिउँसो १ बजे पत्रकार सम्मेलन राखिएको जानकारी दिनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा