
काठमाडौंँ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा भारतीय दूतावासले २० करोड रुपैयाँसम्म सिधै पाउने गरी भएको सम्झौताको बचाउ गर्नुभएको छ । प्रधानमन्त्रीले बुधबार प्रतिनिधिसभा अन्तर्गतको कानुन न्याय तथा मानवअधिकार समितिको छलफलमा सम्झौतामा यसअघिका सबै सरकार संलग्न रहेको समेत दाबी गर्नुभयो ।
‘माननीय सदस्यहरूलाई हेक्का रहोस्, यो अहिले आएर भएको सम्झौता होइन’ समितिको छलफलमा सम्झौताबारे सांसदहले राखेको जिज्ञासाप्रति जवाफ दिँदै प्रधानमन्त्रीले भन्नुभयो– ‘ २००३ देखिको निरन्तरता हो । अहिलेसम्मका सबै सरकार यसमा संलग्न छन् ।’
प्रधानमन्त्रीले नेपालका आयोजनामा भारत मात्र नभएर अन्य देशले पनि सिधै खर्च गर्दै आएको बताउनुभयो । अमेरिका, चीन, बेलायत, अष्ट्रेलिया, जापान लगायत राष्ट्रले विभिन्न तवरबाट नेपालमा खर्च गरिरहेको उहाँको भनाई छ । ‘यही नै विधि नभए पनि अन्य मुलुकले समेत यस्ता आयोजना आफैँ सञ्चालन गर्ने गरेकोतर्फ पनि हामी सबैको ध्यान जान जरुरी छ’ उहाँले भन्नुभयो ।
प्रधानमन्त्रीले भारतसँगको सम्झौतामा एकपक्षीयरुपमा आयोजना र कार्यान्वयनको सुविधा नदिइएको बरु अरू देशले यस्तो सुविधा उपभोग गरिरहेको दाबी गर्नुभयो । ‘यो सम्झौतालाई लिएर धेरै तनाव लिनुपर्ने स्थिति छैन । सबै निर्णय नेपाल सरकारले नै गर्ने हो’ उहाँले भन्नुभयो ।
प्रधानमन्त्रीले छलपलमा नेपालबाट भारतले भारतीय लगानीको मात्र बिजुली किन्ने भनेर कुनै सम्झौता नभएको समेत दाबी गनृुभयो । चिनियाँ ठेकेदारले बनाएको आयोजनाबाट उत्पादित बिजुलीमा भने भारतको ‘रिजर्भसेन रहेको प्रधानमन्त्रीको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा