
काठमाडौँ । विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले बागमती युवा क्लबलाई पराजित गर्दै महिला लिग फुटबल प्रतियोगितामा जित हासिल गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज भएको खेलमा आर्मीले बागमती युवा क्बलाई ३–० गोलले पराजित गर्दै विजयी भएको हो । जितसँगै चार खेलमा नौ अङ्क जोडेको आर्मी दोस्रो स्थानमा उक्लिएको छ । लगातार तेस्रो खेलमा पराजित बागमती समान खेलबाट तीन अङ्कका साथ अङ्क तालिकाको सातौँ स्थानमा छ ।
यसअघि सङ्कटा क्लब र सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको आर्मीले विभागीय प्रतिद्वन्द्वी एपिएफसँग भने हार ब्यहोरेको थियो । यसअघि सुदूरपश्चिमलाई हराएको बागमती, कोशी प्रदेश र विभागीय टोली नेपाल पुलिस क्लबसँग पराजित भएको थियो ।
आज आर्मीको जितमा विमला चौधरी र अमिशा कार्कीले समान एक गोल गरे भने एक गोल आत्मघाती भएको थियो । खेलको २६औँ मिनेटमा विमलाको गोलमार्फत आर्मीेले पहिलो अग्रता लियो ।
त्यस्तै खेलको ६१औँ मिनेटमा अमिशाले टोलीको अग्रता दोब्बर बनाइन् । खेलको ९०औँ मिनेटमा बागमतीकी सञ्जी थिङबाट आत्मघाती गोल भएसँगै आर्मीले बागमतीमाथि ३–० को सहज जित दर्ता ग-यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री