
गण्डकी । सहारा क्लब पोखराले गत वर्ष माघमा आयोजना गरेको २३ औँ संस्करणको आहा १ रारा गोल्ड कप फुटबल प्रतियोगिता घाटामा गएको छ ।
क्लबले आज पत्रकार सम्मेलनमार्फत प्रतियोगिता आयोजना गर्दा १५ लाख ३८ हजार चार सय ६६ रुपैयाँ घाटा भएको जनाएको हो । क्लबका अध्यक्ष केशवराज बरालले आर्थिक मन्दीका कारण प्रायोजन रकम कम जुटेपछि खर्च धान्न नसकिएको बताउनुभयो ।
‘तेइसौँ संस्करणमा अघिल्लो संस्करणको भन्दा दुई टोली बढी थपिए, केही विदेशी टोली पनि ल्याउनुपर्दा खेलाडीको दैनिक भ्रमण भत्तालगायतमा बढी खर्च भयो’ उहाँले भन्नुभयो– ‘प्रतियोगितामा नियमित प्रायोजन गर्दै आएका केही व्यापारिक प्रतिष्ठानले गत वर्ष क्लबसँगको सहकार्य टुटाएका कारण पनि बढी व्ययभार थपिन पुग्यो ।’ प्रतियोगिताको इतिहासमा पहिलो पटक क्लबले घाटा व्यहोर्नुपरेको अध्यक्ष बरालले बताउनुभयो ।
प्रतियोगितामा कूल आम्दानी ९९ लाख ९५ हजार ४ सय ५१ र खर्च १ करोड १५ लाख ३३ हजार ९ सय १७ भएको उहाँको भनाइ छ । प्रतियोगितामा प्रायोजनतर्फ ५६ लाख ७५ हजार २ सय ७ रुपैयाँ आम्दानी भएको अर्थ सङ्कलन उपसमितिका संयोजक सुनिल गुरुङले जानकारी दिनुभयो ।
हिम श्री फुड्स प्रालिले २२ लाख २५ हजार, पोखरा महानगरपालिकाले १० लाख, गण्डकी प्रदेश खेलकुद परिषद्ले ५ लाख लगायत गरी १४ सङ्घसंस्था र व्यापारिक प्रतिष्ठानले प्रतियोगितामा प्रायोजन गरेका थिए ।
टिकट शुल्कबाट २६ लाख ३६ हजार ६ सय १३ सङ्कलन भएको जनाइएको छ । खर्चतर्फ सबैभन्दा बढी खेलाडीको दैनिक भ्रमण भत्तामा ३९ लाख ७३ हजार चार सय ५७ खर्च भएको अर्थ सङ्कलन उपसमितिका संयोजक गुरुङले बताउनुभयो ।
प्रोत्साहन खर्चबापत १९ लाख ६२ हजार, आयोजक खर्च ११ लाख ५७ हजार र आयोजक टीम तयारी खर्च पाँच लाख ६३ हजार ७ सय ४० भएको क्लबले जनाएको छ । विभिन्न १८ शिर्षकमा त्यो रकम खर्च भएको हो ।
क्लबका अध्यक्ष बरालले बजारमा देखिएको आर्थिक मन्दी र राष्ट्रिय फुटबल खेलाडीको विदेश पलायनले फुटबलको रौनक घट्दै गएकाले प्रतियोगिता सञ्चालनमा चुनौती थपिँदै गएको बताउनुभयो ।
क्लबले २४ वर्षदेखि त्यो प्रतियोगिता आयोजना गर्दै आएको छ । मोफसलको प्रतिष्ठित प्रतियोगिताको २३औँ संस्करणको विजेता त्रिभुवन आर्मी क्लब र उपविजेता थ्री स्टार क्लब बनेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री