+

एन्फा महिला लिग : पुलिस क्लबद्वारा कोशी पराजित

काठमाडौँ ।  एन्फा महिला लिगअन्तर्गत आज भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले कोशी प्रदेशलाई पराजित गरेको छ । जितसँगै पुलिस क्लब लिगको शीर्ष स्थानमा उक्लिएको छ । 

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा पुलिसले कोशी प्रदेशलाई ४–० गोलअन्तरले पराजित गरेको हो । शीर्ष स्थानमा उक्लिएको पुलिसले चार खेलबाट १० अङ्क जोडेको छ । प्रतियोगितामा पहिलो हार बेहोरेको कोशी ९ अङ्क जोड्दै दोस्रो स्थानमा छ । 

पुलिसका लागि अनुष्का शेर्पा, निर्मला उपाध्याय, सम्झना लावती र अमृता जैशीले गोल गरे । पुलिसले खेलको २४औँ मिनेटमा अनुष्काको गोलमार्फत सुरुआती अग्रता लिएको थियो । खेलको ४६औँ मिनेटमा पुलिसकी निर्मलाले गोल गरिन ।

यस्तै खेलको ८०औँ मिनेटमा सम्झनाले गोल गर्दै पुलिसलाई ३–० को अवस्थामा पुर्याइन । त्यसपछी खेलको ८८औँ मिनेटमा अमृताले गोल गरेर पुलिसलाई ४–० गोलको जित दिलाइन । 

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गरेको प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट