
काठमाडौंँ । डेडिकेटेड र ट्रंक लाइनको महशुल विवाद छानविनको लागि समिति गठन भएको छ । मन्त्रिपरिषदको मंगलबारको बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा छानविन समिति बनाएको हो ।
समितिमा ऊर्जा मन्त्रालयका सहसचिव र उद्योग मन्त्रालयका सहसचिव जीवलाल भुसाल सदस्य रहनुभएको छ । केही उद्योगले लोडसेडिङका बेला प्रिमियम शुल्क लाग्ने डेडिकेटेड र ट्रंक लाइनबाट बिजुली प्रयोग गरेका थिए । नेपाल विद्युत् प्राधिकरणले त्यसमा प्रिमियम रकम छुटेको दावी गर्दै छुट बिलको पत्र काटेपछि विवाद उत्पन्न भएको हो ।
प्राधिकरणले ५८ उद्योगबाट १० अर्ब १४ करोड रुपैयाँ तिर्नुपर्ने पत्र काटेको थियो । तर उद्योगले त्यसलाई भुक्तानी नगरेपछि विवाद भएको हो । प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइन विवादकै बीच महशुल नतिरेको भन्दै ती उद्योगको लाइन काटिदिएको छ । उद्योगी व्यवसायी र मजदूरहरुले बिजुलीको लाइन काटिदिएको विरोध तथा प्रदर्शन गर्दै आएका छन् ।
सरकारले उद्योगमा काटिएको लाइन तुरुन्त जोड्न विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा