
काठमाडौँ । काठमाडौँका विभिन्न स्थानबाट प्रहरीले ४७ किलो अवैध चाँदीका विभिन्न गरगहनासहित तीन जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा कैलया नगरपालिका–१० का ५० वर्षीय कामेश्वर साह, पर्सा वीरगञ्ज महानगरपालिका–३ का ३२ वर्षीय सुमनकुमार सर्राफ र बारा बिश्रामपुर गाउँपालिका–५ का २० वर्षीय मनीष सर्राफ रहेका छन् ।
भोटेबहाल, कोटेश्वर लगायत विभिन्न ठाउँमा राजश्व छलि गरी बिल–बिजक बिना चाँदीका गरगहना भण्डार गरी बिक्री गर्ने गरेको भन्ने सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । राजस्व छली सम्बन्धी कसूरमा थप अनुसन्धान तथा कारवाहीका लागि उनीहरूलाई राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- रसुवा बाढीमा बेपत्ता १८ जनाको नाम सार्वजनिक
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
- त्रिशूली नदीमा दुई जनाको शव भेटियो
- बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो, ठुलो जनधनको क्षति
- छानबिन गर्ने विशेष समितिका सदस्यहरुको नाम टुंगियो
- ‘फरार’ जसपा नेता यादव फेसबुक लाइभमा, भन्छन्-‘म भागेको हैन’
- शिक्षा समितिमा घिमिरे र शर्माबीच भनाभन, सभापतिको हस्तक्षेप
- ‘अन्तरजातीय विवाहले निम्त्याएको सामूहिक हत्या’
- आज कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना