
काठमाडौँ। नेपाल पौडी सङ्घले पेरिस पारा ओलम्पिक–२०२४ मा ऐतिहासिक कास्य पदक विजेता पलेशा गोवर्धनलाई रु २५ हजार नगदसहित सम्मान गरेको छ ।
सङ्घले प्रशिक्षक कविराज नेगीलाई समेत नगद रु १० हजारसहित सम्मान गरेको छ । आज यहाँ आयोजित एक समारोहबीच पौडी सङ्घका अध्यक्ष जगतमान श्रेष्ठ तथा कोषाध्यक्ष दिलिप वैद्यले संयुक्त रूपमा पलेशा र कविराजलाई चेक तथा सम्मान पत्र हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी तथा पूर्व खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको उपस्थिति रहेको थियो ।
फ्रान्सको राजधानी पेरिसमा हालै सम्पन्न के–४४ विधामा महिला ५७ किलोमुनि रिपेचेजतर्फ कास्य पदक जित्नुभएको थियो । पलेशाले सर्बियाकी मरिजा मिसेभलाई १५–८ अङ्कले पराजित गर्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राप्रपाद्वारा राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयको ध्यानाकर्षण
- प्रसाईँमाथि अनुसन्धान गर्न अदालतले दियो १२ दिनको म्याद
- विद्यालय शिक्षा विधेयक चाँडै आउँछ : प्रधानमन्त्री
- सार्वजनिक खरिदसम्बन्धी ऐनलाई समयानुकूल बनाइनुपर्ने
- ‘वैदेशिक रोजगारबाट भित्रिने पुँजी र सीप सदुपयोग गर्ने आधार बनाऔँ’
- कर्मचारी अवकाश र ज्येष्ठ नागरिक भत्ता पाउने उमेर बढाउन सुझाव
- राजस्व अनुसन्धान विभाग खारेज गर्न सिफारिस
- अख्तियार विशेष अदालतको फैसला ‘चित्त नबुझेको’ भन्दै सर्वोच्चमा
- तीनकुने घटनापछि फरार प्रसाईं पक्राउ, झापाबाट काठमाडौँ ल्याइँदै
- प्रसाईँ पक्राउ भएका छैनन् : प्रहरी