
रौतहट । केही दिनयताको शीतलहरसँगै चिसो बढेपछि रौतहटका सामुदायिक विद्यालय धमाधम बन्द हुँदैछन् । अत्यधिक जाडो बढेका कारण बालबालिकाको स्वास्थ्यलाई ख्यालमा राखी जाडो बिदा दिन शिक्षा समन्वय एकाइ रौतहटले जिल्लाका सबै विद्यालयलाई सूचना जारी गरेपछि मङ्गलबारदेखि विद्यालय बन्द भएका हुन् ।
जिल्लाको चन्द्रपुर, फतुवाविजयपुर, देवाहीगोनाही, कटहरियालगायत १८ वटा पालिकाले मङ्गलबारदेखि आउँदो शुक्रबारसम्म विद्यालय बन्द गरेका छन् ।
शिक्षा समन्वय एकाइ रौतहटका प्रमुख रामविनय सिंहले जिल्लाका १८ वटै पालिकाका सबै सामुदायिक विद्यालयलाई हिउँदे वा वर्षे बिदाबाट बिदा मिलान हुने गरी पाँच दिनसम्म जाडो बिदा दिन सोमबार नै सूचना जारी गरेपछि मङ्गलबारदेखि विद्यालय बन्द भएको बताउनुभयो ।
उहाँका अनुसार शिक्षा नियमावली २०५९ को नियम ८५ को उप नियम ३ मा उल्लेख भएअनुसार एक शैक्षिक सत्रमा हिउँद वा वर्षे बिदा वा दुवै गरी ४५ दिन विद्यालय बन्द रहने प्रावधान रहेकोले सोहीबमोजिम सञ्चित रहेको वर्षे बिदाबाट जाडो बिदा दिन सूचना जारी गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा