+

रुकुमका किसानलाई दूधमा १५ लाख अनुदान

रुकुम । रुकुमपश्चिमका दूध उत्पादक किसानले दूधमा  १५ लाख रुपैयाँ अनुदान पाएका छन् । गत आर्थिक वर्षमा चार सय ७७ किसानले दूधमा अनुदान पाएका हुन् । 

पशु अस्पताल तथा पशु सेवा कार्यालयबाट प्रतिलिटर ५ रुपैयाँका दरले अनुदान वितरण गरिएको थियो । यो विवरण गत वर्षको साउनदेखि फागुनसम्म रहेको कार्यालयका निमित्त प्रमुख शेरबहादुर खड्काले जानकारी दिनुभयो । फागुनदेखि असारसम्मको अनुदान भने बजेट अभावका कारण वितरण गर्न नसकिएको उहाँले बताउनुभयो । करिब चार सय किसानले दूधमा अनुदान पाउन बाँकी रहेको उहाँले उल्लेख गर्नुभयो । 

बजेट अभावका कारण किसानका निवेदन कार्यालयमा थन्किएको भन्दै त्यो अनुदान उपलब्ध गराउने सम्भावना नरहेको निमित्त प्रमुख खड्काले बताउनुभयो । फागुनसम्ममा जिल्लाका चार स्थानीय तहका चार सय ७७ किसानले  १५ लाख रुपैयाा अनुदान पाएका उहाँले जानकारी दिनुभयो । 

खड्काका अनुसार मुसिकोट नगरपालिकाका ५६, त्रिवेणी गाउँपालिकाका तीन सय ३४, सानीभेरी गाउँपालिकाका ७१ र बाँफिकोट गाउँपालिकाका १६ किसानले पाएका छन् । 

कर्णाली प्रदेश सरकारले दूध उत्पादन वृद्धि गरी आत्मनिर्भर बनाउन दुग्ध उच्पादक किसानलाई लक्षित गरी अनुदान दिने कार्यक्रम सञ्चालन गरेको हो । प्रदेशका सबै जिल्लाका दूध उत्पादक किसानले हरेक वर्ष अनुदान पाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै