+

पलेशालाई ५ लाख नगदसहित काठमाडौँ महानगरको सम्मान

काठमाडौँ । काठमाडौँ महानगरले फ्रान्सको राजधानी पेरिसमा जारी प्यारालिम्पिक्स २०२४ मा इतिहास रच्दै कांस्य पदक दिलाउन सफल पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।

बुधवार महानगरका प्रमुख बालेन शाह र उपप्रमुख सुनिता डङ्गोलले तेक्वान्दो खेलाडी पलेशालाई नगद पाँच लाख रुपैयाँ पुरस्कारसहित सम्मान गर्नुभएको हो । 

त्यस्तै पलेशाका प्रशिक्षक कविराज नेगीलाई पनि महानगरले ३ लाख नगदसहित सम्मान गरेको छ । 

प्यारालिम्पिक्समा ऐतिहासिक पदक जितेर स्वदेश फर्किएकी पलेशालाई आजै काठमाडौँमा भव्य स्वागत सहित नगर परिक्रमा समेत गराइएको थियो । प्यारालिम्पिक्समा के ४४ क्याटगोरी अन्तर्गत महिला ५७ केजीमुनिमा प्रतिस्पर्धा गरेकी पलेशाले कास्य जितेकी थिइन् । यो नै नेपाली खेलाडीले ओलम्पिकमा जितेको पहिलो पदक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट