
काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत भाषा परीक्षाका लागि आवेदन दिएका सबैलाई परीक्षा गराउन दक्षिण कोरिया तयार भएको छ । योसँगै ईपीएस भाषा परीक्षाको विवाद समाधान भएको छ ।
वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेले कोरियाली पक्षसँग सबै आवेदनकर्तालाई भाषा परीक्षामा सहभागी गराउन तयार भएको बताउनुभयो ।
पानी जहाज निर्माण क्षेत्रका आवेदनकर्तालाई उत्पादनमूलक क्षेत्रमा आवेदन दिन नपाउने विषयले विवाद उत्पन्न भएको थियो । जसका कारण आन्दोलन हुँदा २ जनाको मृत्यु समेत भएको थियो । यो विषयमा उच्च अदालतले २ पटक आदेश दिँदै निवेदनकर्ता र इच्छुक सबैलाई आवेदन फारम भर्न दिन आदेश जारी गरेको थियो । सोही आधारमा ईपीएस कोरिया शाखाले पानी जहाज निर्माण क्षेत्रका आवेदनकर्तालाई समेत उत्पादनमूलक क्षेत्रका लागि आवेदन आह्वान गरेको थियो । तर, यो विषयमा कोरियाले भने कुनै निर्णय गर्न सकेको थिएन ।
मानव संसाधन विकास सेवा (एचआरडी) कोरियाका अधिकारीहरुसँगको छलफलपछि सबै आवेदनकर्तालाई भाषा परीक्षामा सहभागी गराउन तयार भएको महानिर्देशक घिमिरेले बताउनुभयो ।
भाषा परीक्षा लिने कोरियाको मानव संसाधन विकास सेवा (एचआरडी) का निमित्त प्रमुखसँग महानिर्देशक घिमिरेको छलफल भएको थियो । छलफलको क्रममा सबैलाई भाषा परीक्षामा सहभागी गराउन तयार हुनुका साथै जनवरी २० देखि परीक्षा सञ्चालन गर्ने समेत जानकारी दिएको महानिर्देशक घिमिरेले जानकारी दिनुभयो ।
सबै परीक्षार्थीहरुलाई तीन चरणमा विभाजन गरेर परीक्षा दिन लगाउने सहमति भएको छ । पहिलो लटको परीक्षा जनवरी २० तारिखबाट हुनेछ । जसमा ४७ हजार जनाको परीक्षा लिइनेछ । त्यस्तै दोस्रो चरणमा ८० हजार र तेस्रो लटमा बाँकी ३७ हजार गरी एक लाख ६४ हजारले परीक्षा दिन पाउने उहाँको भनाई छ । पहिलो चरणको परीक्षा सकिएपछि दोस्रो र तेस्रो चरणको परीक्षा हुनेछ ।
उत्पादनमूलक क्षेत्रका लागि १ लाख ६४ हजार ७१६ जनाले आवेदन दिएका थिए । जसमा पहिलो पटक १ लाख ४३ हजार ८१२ जनाले आवेदन दिएका थिए । त्यसपछि पानी जहाज निर्माण क्षेत्रका आवेदनकर्ताका लागि आह्वान गरिएकोमा २० हजार ९०४ जनाले आवेदन दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- रसुवा बाढीमा बेपत्ता १८ जनाको नाम सार्वजनिक
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
- त्रिशूली नदीमा दुई जनाको शव भेटियो
- बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो, ठुलो जनधनको क्षति
- छानबिन गर्ने विशेष समितिका सदस्यहरुको नाम टुंगियो
- ‘फरार’ जसपा नेता यादव फेसबुक लाइभमा, भन्छन्-‘म भागेको हैन’
- शिक्षा समितिमा घिमिरे र शर्माबीच भनाभन, सभापतिको हस्तक्षेप
- ‘अन्तरजातीय विवाहले निम्त्याएको सामूहिक हत्या’
- आज कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना