
कैलाली । धनगढी उपमहानगरपालिका-१८ फूलबारीमा फुलबल प्रशिक्षण केन्द्र निर्माण गरिने भएको छ ।
फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्न धनगढी उपमहानगरपालिका र अखिल नेपाल फुटबल सङ्घ (एन्फा) बीच सम्झौता भएको छ ।
त्यो ठाउँमा फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्न पहिलो चरणमा एक करोड ३४ लाख ३३ हजार रुपैयाँ विनियोजन भएको छ । बजेट विनियोजन भएसँगै एन्फाका अध्यक्ष पङ्कज विक्रम नेम्वाङ र उपमहानगरपालिका प्रमुख गोपाल हमालबीच सम्झौता भएको हो ।
नगरप्रमुख हमालले फूलबारीमा फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्न दुवै पक्षबीच हस्ताक्षर गरी सम्झौता भएको जानकारी दिनुभयो । उहाँले फूलबारीको डिपो बजार नजिक उपमहानगरपालिकाले उपलब्ध गराएको पाँच बिघा जग्गामा कम्तीमा ५ हजार दर्शक क्षमताको प्याराफिटसहितको प्रशिक्षण केन्द्र निर्माण गर्ने सम्झौता भएको बताउनुभयो ।
अखिल नेपाल फुटबल सङ्घको भदौ ११ र १३ गते बसेको बैठकले कैलालीमा फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्न बजेट विनियोजन गर्ने निर्णय गरेको थियो । फुटबल प्रशिक्षण केन्द्रले सुदूरपश्चिम प्रदेशबाट फुटबलका नयाँ खेलाडी तथा प्रशिक्षक उत्पादन गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ ।
प्रशिक्षण केन्द्रका भौतिक संरचनाको काम पाँच वर्षमा सम्पन्न गर्ने योजना रहेको छ । अखिल नेपाल फूटबल सङ्घ (एन्फा)ले प्रशिक्षण केन्द्र १५ वर्ष प्रयोग गरेपछि धनगढी उपमहानगरपालिकालाई हस्तान्तरण गर्नेछ । यहाँ निर्माण हुन लागेको फुटबल प्रशिक्षण केन्द्रमा खेलाडीलाई आवाससहितको सुविधा रहने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राप्रपाद्वारा राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयको ध्यानाकर्षण
- प्रसाईँमाथि अनुसन्धान गर्न अदालतले दियो १२ दिनको म्याद
- विद्यालय शिक्षा विधेयक चाँडै आउँछ : प्रधानमन्त्री
- सार्वजनिक खरिदसम्बन्धी ऐनलाई समयानुकूल बनाइनुपर्ने
- ‘वैदेशिक रोजगारबाट भित्रिने पुँजी र सीप सदुपयोग गर्ने आधार बनाऔँ’
- कर्मचारी अवकाश र ज्येष्ठ नागरिक भत्ता पाउने उमेर बढाउन सुझाव
- राजस्व अनुसन्धान विभाग खारेज गर्न सिफारिस
- अख्तियार विशेष अदालतको फैसला ‘चित्त नबुझेको’ भन्दै सर्वोच्चमा
- तीनकुने घटनापछि फरार प्रसाईं पक्राउ, झापाबाट काठमाडौँ ल्याइँदै
- प्रसाईँ पक्राउ भएका छैनन् : प्रहरी