
काठमाडौँ । चितवनमा डेढ महिना अघि बोरामा भेटिएका २ वटा शवको पहिचान खुलेको छ । गत मङ्सिर ६ गते भरतपुर महानगरपालिका–१२ मिलन चोकको सडक कल्भर्टमुनि दुई वटा जुटको बोराभित्र पुरुष र महिलाको शव हातखुट्टा बाँधिएको अवस्थामा भेटिएको थियो । ती शव भारतीय नागरिक ऋषभकुमार कुशवाहा र सन्जु देवीको रहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ ।
मृतक पुरुष ऋषभकुमार कुशवाहा र मृतक महिला सन्जु देवी नेपालमा तरकारी, फलफूल व्यापारका लागि पटक पटक आउने गरेका थिए । उनीहरू अन्तिम पटक गएको दशैँपछि नेपाल आई चितवनको मिलन चोकमा रहेको ऋषभकुमारको काका नाता पर्नेको कोठा नजिकै कोठा भाडा लिई बस्दै आएको प्रहरीले जनाएको छ ।
ऋषभकुमार र सन्जुको बीचमा सम्बन्ध रहेको शङ्का गरी सन्जुका श्रीमान् भारतीय अखिलेश भगतले झगडा गर्दै आएका थिए । यही क्रममा गएको मङ्सिर २ गते अलिखेशले कोठामै पुगेर दुवै जनाको हत्या गरेर मङ्सिर १६ गते भारततर्फ भागेका थिए । त्यसपछि सीआईबीले भारतीय प्रहरीसँग समन्वय गरी खोजी शुरु गरेको थियो ।
खोजीकै क्रममा अखिलेशमाथि भारतको प्रहरी थाना सुगौली बिहारमा अपहरण तथा व्यक्ति बेपत्तासम्बन्धी एफआईआर दर्ता भई अनुसन्धानका लागि केन्द्रीय कारागार मोतीहारीमा राखिएको अवस्थामा भेटिएको सीआईबीले जनाएको छ । प्रहरीका अनुसार सोधपुछकै क्रममा उनले भतिजा नाता पर्ने ऋषभकुमार कुशवाहा र श्रीमती सन्जु देवीको हत्या गरेर भारत आएको भन्ने स्वीकार गरेका थिए ।
अखिलेशले हत्यापछि दुई वटै शवलाई दुई वटा जुटको बोराभित्र राखेर भोलिपल्ट बिहान कल्भर्टतर्फ लगेको सीसीटीभी फुटेजमा पनि देखिएको थियो । लामो समयसम्म पनि पहिचान नखुलेपछि प्रहरीले मृतकको स्केच बनाएर सार्वजनिक गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा