
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विश्वका केही देशमा फैलिरहेको कोभिड–१९ सङ्क्रमणको नयाँ सब–भेरियन्ट जेएन.वान नेपालमा पहिलोपटक फेला परेको पुष्टि गरेको छ । मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै नयाँ सब–भेरियन्ट जेएन.वान फेला परेकाले सतर्क रहन सर्वसाधारणमा अनुरोध गरेको छ ।
नयाँ भेरियन्टको सङ्क्रमण फैलन नदिन भीडमा नजान, भौतिक दूरी कायम गर्न, मास्कको प्रयोग गर्न र साबुनपानीले हात धुन मन्त्रालयले आग्रह गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले देशका विभिन्न भागबाट विभिन्न उमेर समूहका व्यक्तिबाट सङ्कलित १६ वटा नमूनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला गरिएको ‘जिन सिक्वेन्सिङ’मा सातवटा नमूनामा ओम्निक्रोनको सब–भेरियन्ट जेएन.१ देखिएको बताउनुभयो ।
मन्त्रालयले सङ्क्रमण रोक्न नेपाल–भारत सीमानाकाका प्रवेश विन्दुमा ‘हेल्थ डेस्क’ स्थापना गर्न स्वास्थ्य कार्यालयहरूलाई निर्देशन दिएको छभने आवश्यक स्क्रिनिङ र निगरानी निरन्तर गर्न आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा