
जनकपुर । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मधेश प्रदेशमा पाँच जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगले सोमबार दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय तोकेको थियो । सोही समयमा मधेश प्रदेशमा पाँच जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
प्रादेशिक निर्वाचन कार्यालय मधेश प्रदेशका सूचना अधिकारी कृष्ण राउतका अनुसार नेपाली कांग्रेसबाट अन्यमा आनन्दप्रसाद ढुङ्गाना, जनमत पार्टीबाट रामाशंकर महासेठ, नेकपा (एमाले)बाट अन्यमा कुमारी विजेता झा, महिलामा उषादेवी थरुनी र जनता समाजवादी पार्टी (जसपा)बाट महिलामा पूजा चौधरीले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
मधेश प्रदेशबाट रिक्त अन्य र महिला गरी दुई सिटमा आगामी माघ ११ गते राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा