+

जुम्लामा चट्याङ लागेर १५ भेडा मरे

जुम्ला । जुम्लाको लामाचौर पाटनमा चट्याङ लागेर १५ भेडा मरेका छन् । तातोपानी गाउँपालिका–४ स्थित लामाचौर पाटनमा शनिवार दिउँसो चट्याङ पर्दा १५ वटा भेडा मरेका वडाध्यक्ष अमरबहादुर रोकायाले जानकारी दिनुभयो । घटनाको थप विवरण आउन बाँकी रहेको उहाँले बताउनुभयो । 

गत साउन १५ गते तिला गाउँपालिकाको देउली पाटनमा चट्याङ पर्दा करिब एक सय भेडा मरेका थिए ।  यसअघि जुम्लाको कनकासुन्दरी, तिला र गुठिचौरका पाटनमा पनि चट्याङ लागेर दुई सयभन्दा बढी भेडा मरेको पशुसेवा कार्यालय जुम्लाले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै