+

पेरिस पारा ओलम्पिक : पलेशा क्वाटरफाइनलमा

काठमाडौँ । नेपालकी  पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धन पेरिस पारा ओलम्पिकको क्वाटरफाइनलमा प्रवेश गरेकी छन्  । फ्रान्सको पेरिसमा केहीबेर अघि सम्पन्न खेलमा उनले भेनेजुएलाकी भलेरिया मोरालेसलाई पराजित गरेकी हुन् ।

पलेशाले भेनेजुएलाकी मोरालेसलाई ३१–० अङकले पराजित गरिन् । उनी पहिलो चरणमा  के–४४ विधाअन्तर्गत महिला ५७ किलो मुनिको तौलमा विजयी भएकी हुन् । पलेशाले अब क्वाटरफाइनलमा ब्राजिलकी मायारा सिल्भाना फर्नान्डेजसँग प्रतिस्पर्धा गर्ने छिन् । फर्नान्डेज बाई पाउँदै सिधै क्वाटरफाइनलमा प्रवेश गरेकी हुन् । 

गत चैतमा चीनको ताइयानमा भएको पारा ओलम्पिकको एसियाली छनोट प्रतियोगितामा पलेशाले स्वर्ण पदक जित्दै पेरिस पारा ओलम्पिकका लागि छनोट भएकी हुन् । छनोट चरण पार गर्दै पारा ओलम्पिक खेल्ने उनी पहिलो नेपाली खेलाडी हुन् । गत वर्ष चीनको हाङजाउमा सम्पन्न १९औँ एसियाली खेलकुदमा पलेशाले कास्य पदक प्राप्त गरेकी थिइन् । 

यसअघि बिहीबार सम्पन्न खेलमा नेपालका भरतसिंह महता तेक्वान्दोको के–४४ विधाको पुरुष ५८ किलो मुनिको तौलमा जापानका मित्सुया  तानाकासँग १९–३ अङ्कले पराजित भएका थिए । उनी ‘वाइल्ड कार्ड’मार्फत पेरिस ओलम्पिकका लागि छनोट भएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट