
पोखरा । राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत गण्डकी प्रदेशमा अन्य, महिला र अपाङ्गतारअल्पसङ्ख्यक समूहबाट एकरएक जना निर्वाचित हुनुहुनेछ । यसका लागि प्रमुख राजनीतिक दलहरुले उम्मेदवारको अन्तिम टुङ्गो लगाइसकेका छन् ।
गण्डकीमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसले अन्य र अपाङ्गता रअल्पसङ्ख्यक समूहमा उम्मेदवारी दिँदैछ भने नेकपा ९माओवादी केन्द०ले महिलातर्फ उम्मेदवारी दिने गरी सिट बाँडफाँट गरेको जनाइएको छ ।
कांग्रेसले गोरखाका किरणबाबु श्रेष्ठलाई अन्य समूह र तनहुँका पदमबहादुर परियारलाई अपाङ्गता रअल्पसङ्ख्यकमा उम्मेदवार बनाएको छ । माओवादी केन्द्रले पर्वतका मनरुपा शर्मालाई महिलातर्फ उम्मेदवार तय गरेको छ ।
यसैगरी नेकपा एमालेले गण्डकीमा अन्यबाट स्याङ्जाका चक्रबहादुर पराजुली, महिलामा गोरखाका सम्झना देवकोटा र अल्पसङ्ख्यकबाट मुस्ताङका हेमन्द्र शेरचनलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
गण्डकीमा राष्ट्रियसभाका अध्यक्षसमेत रहनुभएका गणेशप्रसाद तिमिल्सिना, राष्ट्रियसभा सदस्यद्वय दीपा गुरुङ र प्रकाश पन्थको कार्यकाल सकिन लागेकाले चुनाव हुन लागेको छ । तिमिल्सिना अन्य, गुरुङ महिला र पन्थ अपाङ्गतारअल्पसङ्ख्यक समूहबाट निर्वाचित हुनुभएको थियो । अध्यक्ष तिमिल्सिना र गुरुङ नेकपा९एमाले० र पन्थ कांग्रेसबाट राष्ट्रियसभामा निर्वाचित हुनुभएको थियो ।
माघ ११ गते हुने निर्वाचनमा गण्डकी प्रदेशमा प्रदेशसभाका ६० र स्थानीयतहका प्रमुख÷उपप्रमुख एक सय ७० गरी दुई सय ३० जना मतदाता छन् । निर्वाचनमा प्रदेशसभा सदस्यको ५३ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको १९ मतभार तोकिएको निर्वाचन कार्यालयले जनाएको छ । प्रदेशसभातर्फ तीन हजार एक सय ८० र स्थानीय तहतर्फ तीन हजार दुई सय ३० गरी कूल छ हजार चार सय १० मतभार छ ।
प्रदेशसभाको सबैभन्दा ठूलो दल कांग्रेसका प्रदेशसभाका २७ र स्थानीय तहतर्फ प्रमुख र उपप्रमुख गरी ६७ मतदाता रहेका छन् । कांग्रेसको कूल मतभार दुई हजार सात सय चार रहेको छ । नेकपा एमालेका २२ प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी ६८ जना रहेका छन् । एमालेको जम्मा मत भार दुई हजार चार सय ५८ हुन आउँछ ।
माओवादी केन्द्रका प्रदेशसभा सदस्य आठ र स्थानीय तहका प्रमुख रउपप्रमुख ३० गरी कूल नौ सय ९४ मतभार छ । प्रदेशमा एकीकृत समाजवादीका एक प्रदेश सभा सदस्य र एक नगर प्रमुख गरी समाजवादीसँग ७२ मत भार छ । गण्डकी प्रदेशसभामा दुई सदस्य रहेको राप्रपाको एक सय छ मत भार छ । राष्ट्रिय जनमोर्चाको स्थानीय तहका प्रमुखरउपप्रमुख गरी तीन रहेकाले ५७ मतभार छ । मनाङको निस्याङ गाउँपालिका उपाध्यक्ष छिरिङ गुरुङले स्वतन्त्रबाट जित्नुभएको हो । उहाँको मतभार १९ छ ।
तयारी पूरा
.राष्ट्रियसभा सदस्य निर्वाचन–२०८० अन्तर्गत गण्डकी प्रदेशमा तीन सिटमा हुने चुनावको लागि आज उम्मेदवारी मनोनयन दर्ताको तयारीका सबै काम पूरा भएको छ । मतदाताको अन्तिम नामावली प्रकाशनलगायत मनोनयन दर्ताका लागि आवश्यक सबै तयारीका काम सम्पन्न गरेर तयारी अवस्थामा रहेको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिनुभयो ।
उहाँका अनुसार निर्वाचन अधिकृतको कार्यालयमा आज बिहान १० बजेदेखि ३ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको छ । “उम्मेदवारको मनोनयन दर्ताका लागि आवश्यक काम सम्पन्न गरेर तयारी अवस्थामा बसेका छौँ”, उहाँले भन्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा