
सर्लाही । सर्लाहीको बरहथवामा फेरि तनाव उत्पन्न भएको छ । प्रहरीको गोली लागेर युवाको मृत्यु भएपछि उत्पन्न तनाव नियन्त्रण गर्न बरहथवामा प्रशासनले पुन: कर्फ्यू लगाएको छ ।
बरहथवामा प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिलाई लिएर शुक्रबार राजनीतिक दलका स्थानीय कार्यकर्ता र प्रहरीबीच भएको भडप नियन्त्रण गर्नेक्रममा सुरक्षाकर्मीको गोली लागेर ३० वर्षीय जयशंकर साहको मृत्यु भएको थियो । प्रदर्शनमा संलग्न नै नभएका स्थानीय युवा व्यवसायी साहको प्रहरीको गालै लागेर मृत्युभएपछि त्यहाँका बासिन्दा आक्रोसित भएका छन् ।
आक्रोसित बासिन्दा र मृतकका आफन्तले युवाको शव सढकमै बरहथवामा आइतबार पनि प्रदर्शन गरेका छन् । बासिन्दाले आइतबार बजार तथा यातायात बन्द गराएका छन् । बासिन्दाले मृतक साहलाई शहीद घोषणा गर्नुपर्न, गोली चलाउने र मेयरलाई कारबाही गर्नुपर्ने, प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० बेडमा स्तरोन्नति गर्नु पर्नेसहितका ८ बुँदे माग राखेर आइतबार पनि प्रदर्शन गरेका हुन् ।
प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले मृतक परिवारलाई शनिवार साँझ इलाका प्रहरी कार्यालय बरहथवामा बोलाएर सहमतिको प्रयास गर्नुभएको थियो । तर पीडित परिवारले आफ्ना माग सम्बोधन नभएसम्म नमान्ने अडान लिएपछि सहमति नजुटेको हो । स्थानीय र मृतकका आफन्तले आइतबार पनि प्रदर्शन थालेपछि जिल्ला प्रशासन बरहथवा नगरपालिकामा आइतबार दिउँसोदेखि भोलि विहानसम्मको लागि कर्फ्यू लगाएको छ ।
प्रशासनले आइतबार दिउँसो १२ः४५ देखि सोमबार बिहान ८ बजेसम्म पूर्वमा सितापुर जाने बाटोको ब्रम्हास्थान, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र उत्तरमा सोती÷चोर्निया पुल सीमा निर्धारण गरी कर्फ्यू लगाएको हो । क्षेत्रभित्र कुनै पनि किसिमको भेला हुन र बाहिर आवतजावत गर्न नपाइने कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा