
काठमाडौँ । राष्ट्रिय सभा सदस्यको १९ सिटको बाँडफाँड टुंग्याएको सत्ता गठबन्धनले क्लस्टरको भागबन्डा समेत टुंग्याएको छ । गठबन्धनको प्रमुख घटक कांग्रेसले १०, माओवादीले ६, एकीकृत समाजवादीले २ र जनता समाजवादीले १ सिट पाएका छन् ।
यसमध्ये कोशी प्रदेशको खुलातर्फ कांग्रेसले उम्मेदवारी दिने भएको छ भने महिलातर्फ माओवादीको उम्मेदवारी रहने छ । यस्तै मधेस प्रदेशको खुलातर्फ कांग्रेसले उम्मेदवारी दिने तयारी हुँदा महिलातर्फ जसपाले उम्मेदवार खडा गर्ने छ ।
यसैगरी गण्डकीमा कांग्रेसले खुला र महिलातर्फ उम्मेदवारी दिने छ भने माओवादीले अपाङ्ग कोटामा उम्मेदवारी दिने छ । लुम्बिनीमा कांग्रेस महिलातर्फ उम्मेदवारी दिँदा माओवादीले खुलातर्फको उम्मेदवार बनाउने छ । यस्तै सुदूरपश्चिममा कांग्रेस खुला र अपाङ्गतर्फ उम्मेदवारी दिने छ भने माओवादीले महिलातर्फको उम्मेदवारी दिने छ ।
कांग्रेस नेता रमेश लेखकका अनुसार बागमती र कर्णाली प्रदेशमा क्लस्टरको अन्तिम टुंगो लागिसकेको छैन । एकीकृत समाजवादीले २ सिटमा चित्त नबुझाएपछि बाग्मती र कर्णालीको क्लस्टर टुंगिन बाँकी रहेको हो ।
‘दुई सिटमा चित्त बुझाएर आउँदा क्लस्टर छान्ने एकीकृत समाजवादीलाई पहिलो प्राथमिकता छ । त्यही अनुसार यी दुई प्रदेशको टुंगो लाग्छ ,’ उनले भने । अहिले कांग्रेसले खुला र महिलातर्फको उम्मेदवारी दिने सम्भावना छ ।
यस्तै माओवादीले अपाङ्ग र एकीकृत समाजवादीले दलित पाउने छ । यस्तै कर्णालीमा कांग्रेसले दलित, माओवादीले खुला र एकीकृत समाजवादीले महिलातर्फ उम्मेदवार दिने समझदारी बनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा