
कास्की । राष्ट्रियसभा सदस्य निर्वाचन–२०८० अन्तर्गत गण्डकी प्रदेशमा तीन सिटमा निर्वाचन हुने भएको छ । आगामी माघ ११ गते हुने निर्वाचनमा गण्डकी प्रदेशमा दुई सय ३० जना मतदाता रहेका छन् । निर्वाचनको तयारीका लागि प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ ।
यसैगरी अन्तिम मतदाता नामावली प्रकाशनलगायत तयारी काम अघि बढाइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । गण्डकीमा कास्की जिल्ला अदालतका जिल्ला न्यायाधीश ऋषिराम आचार्य निर्वाचन अधिकृत तोकिनुभएको छ ।
राष्ट्रियसभाका अध्यक्षसमेत रहनुभएका गणेशप्रसाद तिमिल्सिना, राष्ट्रियसभा सदस्यद्वय दीपा गुरुङ र प्रकाश पन्थको कार्यकाल सकिन लागेकाले तीन सिटमा चुनाव हुन लागेको हो । तिमिल्सिना अन्य, गुरुङ महिला र पन्थ अपाङ्गतारअल्पसङ्ख्यक समूहबाट निर्वाचित हुनुभएको थियो । अध्यक्ष तिमिल्सिना र गुरुङ नेकपा (एमाले) र पन्थ कांग्रेसबाट राष्ट्रियसभामा निर्वाचित हुनुभएको थियो ।
निर्वाचनको उम्मेदवार मनोनयन नजिकिँदै गरेकाले दलहरू उम्मेदवार छनोटमा लागेका छन् । नेपाली कांगेस, नेकपा (एमाले) तथा नेकपा (माओवादी केन्द्र)ले जिल्ला तथा प्रदेशबाट आकाङ्क्षीहरूको नामावाली पार्टी केन्द्रमा सिफारिस गरिसकेका छन् । यही पुस २३ गते उम्मेदवार मनोनयनको कार्यतालिका रहेको छ ।
गण्डकी प्रदेशमा प्रदेशसभाका ६० र स्थानीय तहका एक सय ७० गरी दुई सय ३० जना मतदाता छन् । निर्वाचनमा प्रदेशसभा सदस्यको ५३ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको १९ मतभार तोकिएको छ । प्रदेशसभातर्फ तीन हजार एक सय ८० र स्थानीय तहतर्फ तीन हजार दुई सय ३० गरी कुल छ हजार चार सय १० मतभार छ ।
प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका प्रदेशसभाका २७ र स्थानीय तहतर्फ प्रमुख र उपप्रमुख गरी ६७ जना मतदाता रहेका छन् । कांग्रेसको कुल मतभार दुई हजार सात सय चार रहेको छ ।
नेकपा (एमाले)का २२ प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी ६८ जना रहेका छन् । एमालेको जम्मा मत भार दुई हजार चार सय ५८ हुन आउँछ । माओवादी केन्द्रका प्रदेशसभा सदस्य आठ र स्थानीय तहका प्रमुख–उपप्रमुख ३० गरी कुल नौ सय ९४ मतभार छ । प्रदेशमा नेकपा (एकीकृत समाजवादी)का एक प्रदेशसभा सदस्य र एक नगरप्रमुख गरी समाजवादीसँग ७२ मत भार छ ।
गण्डकी प्रदेशसभामा दुई सदस्य रहेको राप्रपाको एक सय छ मत भार छ । राष्ट्रिय जनमोर्चाको स्थानीय तहका प्रमुख–उपप्रमुख गरी तीन जना रहेकाले ५७ मतभार छ । मनाङको निस्याङ गाउँपालिका उपाध्यक्ष छिरिङ गुरुङले स्वतन्त्रबाट जित्नुभएको हो । उहाँको मतभार १९ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- अझै २०-२५ वर्ष म बिनाको एमाले कसैले कल्पना नगरे हुन्छ: ओली
- चाबी लगाएर आन्दोलनमा आउन विद्यालयका कर्मचारीलाई निर्देशन
- विष सेवनबाट एकै परिवारका तीन बालबालिकाको मृत्यु, आमा सिकिस्त
- परीक्षा संचालन गर्न कर्मचारी सहभागी नहुने ट्रेड युनियनको संकेत
- कर्मचारी खटाएर परीक्षा लिएमा कापी जाँच नगर्ने शिक्षक महासंघको घोषणा
- आन्दोलन अझै चर्काउन शिक्षकहरुलाई प्रचण्डको सुझाव
- सुक्खा पहिरो खस्दा दाउन्नेमा यातायात सेवा अवरुद्ध
- ‘प्रधानमन्त्रीको असफलताको भारी शिक्षामन्त्रीलाई बोकाउन खोजियो’
- आज पनि सडकमा ‘नाच्दैगाउँदै’ शिक्षकहरु
- भारतीय विद्युत् मन्त्री काठमाडौँमा