
महोत्तरी । सडक मानव र आश्रयविहीनको व्यवस्थापनका लागि निर्माण थालिएको ‘हाम्रो मायाघर’को सहयोगार्थ बर्दिबासमा आयोजित शिवपुराण महायज्ञको आयव्यय सार्वजनिक गरिएको छ ।
महायज्ञ सम्पन्न भएको चार दिनभित्रै शनिबार साँझ पत्रकार सम्मेलन आयोजना गर्दै शिवपुराण महायज्ञ आयोजक समितिले आयव्यय सार्वजनिक गरेको हो । गत साउन २१ देखि २९ गतेसम्म सञ्चालित महायज्ञमा दाताबाट २ करोड ५ लाख ९ हजार ३ सय ३२ रुपैयाँ बराबरको नगद र जिन्सी प्राप्त भएको समितिले जनाएको छ ।
जिन्सीमा सिमेन्ट, इँटा र अन्य निर्माण सामग्री छन् । महायज्ञ सम्पन्न भइसकेयता पनि समितिलाई विभिन्न दाताले पछिल्ला चार दिनबीच ४ लाख ६९ हजार १ सय ४६ नगद प्राप्त भएको महायज्ञ आयोजक समितिको आर्थिक उपसमितिका संयोजक शम्भुप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
यसैगरी, महायज्ञमा ३० लाख ५० हजार ४ सय ८२ रुपैयाँ खर्च भएको विवरण समितिले सार्वजनिक गरेको छ । यसमा मण्डप निर्माण, पन्डाल व्यवस्थापन, स्टेशनरी, विद्युत्, अतिथि आवास तथा भोजन, प्रचारप्रसार, सञ्चार, यातायात, पूजा सामग्री र भेटीसहितका खर्च शीर्षक छन् ।
बर्दिबास–२ मा निर्माण थालिएको हाम्रो मायाघरको गत बुधबार मधेस प्रदेशका मुख्यमन्त्री शतिशकुमार सिंहले शिलान्यास गर्नुभएको थियो । सार्वजनिक गरिएको आयव्ययबाहेक प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीले हाम्रो मायाघर निर्माणमा आवश्यक पर्ने ७१ हजार इँटा उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभएको महायज्ञ आयोजक समितिका संयोजक हिरालाल गौतमले बताउनुभयो ।
यसैगरी, आयव्यय सार्वजनिकीकरण कार्यक्रममा उपस्थित रहनुभएका दन्त चिकित्सक डा सुवास घिमिरेले हाम्रो मायाघर निर्माणमा १ करोड बराबरको सहयोगको समन्वय गर्ने प्रतिबद्धता जनाउनुभयो । बर्दिबास–२ मा दाताबाट प्राप्त ५ कट्ठा १० धुर जग्गामा हाम्रो मायाघर निर्माण थालिएको छ । यसको निर्माणमा १० करोड ६९ लाख ४५ हजार रुपैयाँ खर्च हुने विस्तृत परियोजना प्रस्तावमा उल्लेख छ ।
अपाङ्गता तथा बालबालिकामैत्री बन्ने हाम्रो मायाघरका दुई भवन भूकम्प प्रतिरोधी र खानेपानी, बिजुली, शौचालयसहितका आधुनिक सुविधायुक्त हुनेछन् । दुईवटा भवनमा १२ कोठा हुने हाम्रो मायाघर समितिका अध्यक्ष कृष्णप्रसाद गौतमको भनाइ छ । त्यसमा भोजनालय, अध्ययन, आवास, कार्यालय र बैठककक्षसहित छन् ।
भवन पाँच वर्षभित्रै सञ्चालनमा आइसक्ने अध्यक्ष गौतमको भनाइ छ । निर्माण थालिएको हाम्रो मायाघरमा दुई सय आश्रयविहीनलाई राख्न सकिने गौतमले स्पष्ट पार्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री