
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले राष्ट्रियसभा निर्वाचनमा १९ वटै सिटमा उम्मेदवारी दिने भएको छ ।
एमालेको शुक्रबार बसेको सचिवालय बैठकले राष्ट्रियसभा निर्वाचनमा सबै सिटमा उम्मेदवारी दिने गरेको निर्णय गर्दै महासचिव शंकर पोखरेलले जानकारी दिनुभएको छ । ‘प्रत्येक क्लस्टरमा ३ जनाको नाम मागेको थियो’ बैठकपछि उहाँले भन्नुभयो– सिफारिस भएका नामको बारेमा प्रारम्भिक छलफल भयो । क्लस्टरमा पर्ने वा नपर्ने भन्ने विषयमा छलफल गरेर २३ गते १९ वटै उम्मेदवारको नाम सार्वजनिक गर्ने तयारी गरेका छौं ।’
एमालेले प्रदेश अध्यक्षबाट बिदा भएकासहित ६ जना नेतालाई केन्द्रीय सदस्य मनोनीत गरेको छ । कोशी प्रदेशबाट तुलसीप्रसाद न्यौपाने, बागमतीबाट केशवराज पाण्डे, कर्णालीका विनोद शाह, मधेशका रामअवतार यादव, सुदूरपश्चिमका दामोदर भण्डारी र झापाका जिल्ला अध्यक्ष दीपक कार्कीलाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको महासचिव पोखरेलले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा