
नुवाकोट । शिवपुरी गाउँपालिकामा वृद्धाको हत्या आरोपमा एक जना पक्राउ परेका छन् । वडा नम्बर ६ खत्रीटोल निवासी नेत्रकुमारी खत्रीको हत्यामा आरोपमा त्यही ठाउँका सुकु तामाङ पक्राउ परेका हुन् ।
७५ वर्षीया खत्रीको गत सोमबार राति हत्या गरेर फरार रहेका सुकुलाई प्रहरीले बिहीबार पक्राउ गरेका हो । सुकुलाई प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
हत्यामा संलग्न २२ वर्षीय तामाङलाई तालिमप्राप्त कुकुरको सहायताले लुकिएरहेको अवस्थामा बिहीबार पक्राउ गरिएको र अनुसन्धानका लागि बिहीबार नै जिल्ला अदालतबाट ७ दिनको म्याद लिइएको प्रहरी उपरीक्षक संजयसिंह थापाले जानकारी दिनुभएको छ ।
‘लामो समयदेखि लागुऔषध दुव्र्यसनीमा संलग्न तामाङले गाँजा खरिदका लागि पैसा अभाव भएपछि वृद्धासँग भएको नगद र गरगहना चोर्ने क्रममा हत्या गरेको स्वीकार गरेको छ’ उहाँले भन्नुभयो– ‘वृद्धासँग लुटेको नगद र लगाएको गरगहना प्रहरीले बरामद गरेको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा